कालिकाेट जिल्लाकाे सदरमुखकाम मान्ममा साउन १ गते देउडा दिबश मनाउने तयारी गरिएकाेछ । देउडा पतिष्ठानकाे आयाेजनामा संचालन हुन लागेकाे देउडा दिबसमा कालिकाेट जिल्लाका सबै स्थानिय तहले आर्थिक सहयाेग गर्ने भएका छन ।
देउडा सस्कृतिलाई जगेर्ना गर्नका लागि कर्णाली प्रदेश सरकारले साउन १ गतेका दिन सार्वजिनक बिदा समेत दिने निर्णाय गरेकाे छ । देउडा दिवस सचालन गर्नका लागि आबश्यक तयारी र समन्वयका लागि आईतबार प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी जिल्ला समन्वय समितका उप प्रमुख मिना रावत बिक, देउडा प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाही उपाध्यक्ष पुष्पराज आचार्य कालिकाेट स्थित सचार कर्मिहरुकाे उपस्थितिमा पत्रकार सम्भेलन सम्पन्न भएकाे हाे । कालिकाेट जिल्लाका स्थानिय स्तरमा रहेका देउडा सष्टालाई दिबशमा सम्मान समेत गर्ने निर्णय गरिएकाे छ । बालबिबाह न्युनिकरण बिपद ब्यबस्थापन र कला सस्कृतिलाई जगेर्ना गर्ने खालका बिषय बस्तुलाई समेट्ने अायाेजकले जनाएकाेछ । कालिकाेट जिल्लामा बाल बिबाह क्रमिक रुपमा न्युिनकरण हुदै गइरहेकाे र यसलाई कम गर्नका लागि प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेगमा साझेदार सस्था हुरेन्डेक नेपाल किर्डाक नेपाल सादा नेपाल फेडाे लगाएतले काम गरीरहेकाछन । बिपत जाेखिम न्युनिकरण बालबिबाह न्युनिकरण र परम्परागत सस्कृतिलाई जगेर्ना गर्ने खालका बिषयहरु देउडामा समाबेश गर्दा थप सहयाेग पुग्ने प्रमुख जिल्ला अधिकारी माझिले बताउनु भयाे ।
कालिकाेटमा देउडा दिवस मनाईदै बाल बिबाह न्यूनिकरण सम्बन्धि बिषय बस्तु समेट्न प्रमुख जिल्ला अधिकारीकाे आग्रह
तपाईको प्रतिक्रिया

साझा रैबार । २४ असार २०८०, आईतवार १४:०६