शुभकालिकामा निवार्चित जनप्रतिनिधिलाई कानूनी सहायता सम्बन्धि तालिम
खडानन्द अधिकारी सामुदायिक रेडियो
चंखेली एफएम कालिकोट
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा,स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई कानुन सम्बन्धी तालिम दिइएको छ ।
संविधानको धारा २१७ अनुसार नगरपालिका र गाँउपालिकामा गठन हुने न्यायिक समितिका संयोजक सबै वडा अध्यक्ष तथा वडा सचिवहरुको उपस्थितिमा दुई दिने आधारभुत कानूनी लिखित तथा सिप विकास तालिम गाउँपालिकाको कार्यालय सुकाटियामा आयोजना गरिएको हो ।
गाउँपालिकाका ८ वडा वडा अध्यक्ष कार्यपालिका सदस्य ,मेलमिलाप समिति र वडा सचिव समेतको उपस्थिति रहेको यस तालिमले आफूहरुलाई स्थानीय तहमा के कसरी न्यान सम्पादन गर्न सकिन्छ भन्ने प्ररम्भीक जानकारी भएको र आगामी दिनमा थप ज्ञान आर्जन गर्न आफूहरु लाग्ने तालिम सहभागीहरुले बताएका छन् ।
शुभकालिकाको कानुनि जटिलतालाई समाधान गर्ने क्षमता बिकास लालिमको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष गोबिन्द्र प्रसाद आर्चायले बताउनु भयो उहाँले आफ्नो गाउँपालिकामा समान हिसावले न्यायसम्पादनका काम गर्ने र नगारिकको सहजताको लागि गाउँपालिकामा कानुनिनि साहयता केन्द्र स्थापनि गरिएको पनि बताउनु भयो ।
शुभकालिका गाउँपालिका न्यायिक समितिका आयोजनामा भएको यस तालिममा स्थानीय तहको न्यायिक प्रक्रिया र कार्यविधि, सामाजिक कानुनी सहायताको अवधारणा र महत्व, स्थानीय तह सञ्चालन कार्यविधिहरु, वैकल्पीक विवाद र विभिन्न समस्याहरु, हदम्याद, म्याद र म्यादको सिद्धान्त, महिला तथा बालबालिकाविरुद्धका अपराधहरु, व्यक्तिवादी फौजदारी मुद्धाहरु तथा स्थानीय तह र सुशासनका बिषयमा सहभागीलाई आधारभुत जानकारी प्रदान गरिएको न्यायिक समितीका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयो ।
आफु गाउँपालिकामा निवार्चित भए देखि गाउँपालिकाको शुसाशन कायम गर्ने लागि परेको बताउदै गाउँपालिकामा देखिने कानुनि समस्या सामाधानको लागि यस्तै तालिम तथा सचेतनाका कार्यक्रमहरु आवश्क रहेकाले तालिममा सिकेका कुरालाई ब्यावारमा उतार्ने सबैलाई आग्रह गर्नु भयो ॥ स्थानियतहमा निवार्चित जनप्रतिनिधिलाई कानुनि जटिलताको कारण काम गर्ने समस्या भएको बेला शुभकालिका गाउँपालिकाले यस्ता तालिमको आयोजना गर्दा आफु खुसि रहेको बताउदै कानुन सबै नागरिकको लागि समान रहेको तालिमका प्रशिक्षक तथा नेपाल बार यसोसिएसन कालिकोटका अध्यक्ष अम्लराज शाहीले बताउनु भयो । कार्यक्रममा आफ्नो भनाइ राख्दै शुभकालिका गाउँपालिकाका प्रर्थम अध्यक्ष तथा तालिम प्रशिक्षक खडानन्द चौलागाईले भने कणर्ाली जस्तो दुर्गम ठाउँमा काम गर्ने पहिला सबै नागरिकलाई जनचेतनाको आवश्क परेको बताउनु भयो
उहाँले आगमिदीन हरुमा गाउँमा कानुनि साहयताका घुम्ती तालिमहरु टोल टोलमा संचालन गर्ने आवश्क रहेको बताउदै गाउँपालिकाको शुसाशन कार्यम गर्ने पहिला नागरिकले कानुन बुझ्नु पर्नेमा आफ्नो धारणा रहेको बताउनु भयो ।
शुभकालिकामा निवार्चित जनप्रतिनिधिलाई कानूनी सहायता सम्बन्धि तालिम
तपाईको प्रतिक्रिया

साझा रैबार । २३ असार २०८०, शनिबार १७:४१