आगलागी पीडितका लागि राहत सामग्री हस्तान्तर
कालिकोट जिल्लाको मान्ममा बसोवास गदै आएकी किट्टी सिंहका परिवारलाइ शुक्रवार राहत सामाग्री हस्तान्तण गरिएको छ ।
गएको जेठ ३२ गते अचानक मान्म स्थीत उनको घरमा आगलागीहुदा ४ लाख बरावर सामाग्री जलेर नस्ट भएपछि उनलाइ जिल्ला विपद व्यस्थापन समिती मार्फत दश हजार नगर सहित ३ वलाङकेट हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
विपद सामाग्री पाएपछि आफ्नो ८ जनाको परिवारलाई ठुलो सहयोगको महसुस भएको सिंहका छोरा हिरासिंहले बताउनु भयो
हिराले राहत हस्तान्तरण गर्दै भन्नु भयो आप्mनो परिवारले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा राहतको माग गर्दा सुनुवाइ गरेन जिल्ला प्रशासन कार्यालय कालिकोटले कुरा सुनेर सहयोग गर्यो यसमा आफु खुसि छु उहाँले भन्नु भयो ।
सामाग्री हस्तान्तरण गदै कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विपद भनेको बाजावजाएर नआउने भन्दै यसको पुर्व तयारीमा जुट्न सबैलाई आग्रह गर्दै कालिकोट विपदको उच्चजोखिममा रहेकाले सबैले सचेत रहन पनि आवश्यक रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी माझीले आगलागी पिडित किट्टी सिंहका परिवारलाई लिएको राहत सामाग्री सहिरुपले प्रयोग गर्ने आग्रह गर्दै विपदको समयमा जिल्ला विपद व्यस्थापन समिती जनताकै साथमा रहेकाले कुनैपनि किसिमको विपद आई परेमा कुनै अप्ठारो नमानि त्तकाल खवर गर्ने समेत सुझाव दिनु भयो ।
उहाँले विपद भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक संकट सम्झनु पर्छ भन्दै यस क्षेत्रमा स्थानियतह,सरकारी तथा गैरसरकारी निकाय,राजनितीक दल लागाएतका सबै सरोकारवालाले सकारात्मक सोचका साथ लाग्नु पर्ने पनि बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा सहभागी कालिकोट जिल्लाका युवा समाजसेवि हिक्मत मल्लले विपद्मा उद्धार व्यवस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएपनि अहिले स्थानीय सरकारहरूले विपद्पूर्वको
काममा कमै चाँसो दिएको गुनासो गर्दै कालिकोट जस्तो बिकट जिल्लामा वपद्को समयमा खट्ने नागरीकको पहिचान गरी उनीहरुको हौसलाको लागि सम्मान गर्न आवश्यक रहेको बताउनु भयो । मल्लले आफुअहिले कुनैपनि पदमा नभएपनि जनताको सेवाको लागि रातदिन नभनी लाग्न तयार रहेको बताउनु भयो ।
कार्याक्रमा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगाएतका सरोकारवालाको सहभागीता रहेको थियो
आगलागी पीडितका लागि राहत सामग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया

साझा रैबार । २२ असार २०८०, शुक्रबार १४:०२