ज्यानकाे बाजि राखि पुलकाे डाेरीमा आवत जावत

कालिकाेट जिल्लाकाे खाडाचक्र नगरपालिका र नरहरीनाथ गाउपालिका जाेड्ने कर्णाली नदी र तिलाकाे दाेभानमा रहेकाे जिते गडाकाे पुल गएकाे बर्ष असाेज महिनामा आएकाे बेमाैसमि बाढीका  कारण जिर्ण रहेकाेछ । मानिसलाई आवत जावतमा कठिनाई भए पछि स्थानिय ब्यापारिहरुले श्रमदानमा काठकाे सिडि तयार पारी यात्राकाे लागि सहज बनाएका हुन ।काठकाे भर्याङ बनाए सगै सामाजिक संजालमा भाईरल पुलकाे रुपमा चर्चा पायाे । दिन बित्दै गए फेरि बर्षाायाम सुरुवात सगै आवत जावतमा कठिनाई भएकाे छ । कालिकाेटका पाच स्थानिय तह बाजुरा र हुम्ला मुगु सम्मका मानिसहरुलाई समस्या उत्पन्न भएकाेछ । तिला र कर्णालिकाे बहाव बढे सगै काठकाे सिडि बिचमा रहेकाे छ दुबै तिर पानी भएकाले पुलकाे डाेरीबाट आवत जावत गरिरहेकाछन । जाेखिममा यात्रा गर्दै कुनै दिन ठुलाे घटना आउन सक्ने भएकाले समयमानै समाधानकाे उपाय खाेज्नका लागि अखिल नेपाल राष्टिय स्वतन्त्र युनियन (अनेरा स्वयु ) ले जिल्ला प्रशासन कार्यलय कालिकाेटलाई ध्यान अाकर्षण पत्र बुझाएकाे छ । अनेरा स्वयुका केन्द्रीय सदस्य जलशा बुढा जिल्ला अध्यक्ष धर्म बहादुर शाही लगाएतले बुधबार पत्र बुझाएका हुन । पत्रकाे अबज्ञा गरि क्षति भएमा सराेकारवालाले जवाबदेहि हुनु पर्ने केन्द्रीय सदस्य बुढाले बताईन ।

तपाईको प्रतिक्रिया