सरस्वति माबिले उद्घाटन गर्याे बिधालय सप्टवेयर

असल सस्कार सहितकाे गुणस्तरिय तथा प्राबिधिक शिक्षा अाजकाे अाबश्यकता भन्ने नाराका साथ कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ । गाउँपालिकाको सरस्वती मा.विमा ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको उक्त स्कुल सफ्टवेयर उद्धघाटन गरीएको हो ।
पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको उपस्थितिमा शुक्रवार सफ्टवेयरको उद्धघाटन गरीएको विद्यालयका शिक्षक अमर शाहीले जानकारी दिए । उनले भने ‘विद्यालयमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु र शिक्षकहरुले १५ दिन लगाएर निर्माण गरेका हुन् । विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय पोषाक समेत वितरण गरिएको छ ।’
स्कुल सफ्टवेयर मार्फत शिक्षक विद्यार्थीहरुको विवरण,कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको रेकर्ड,मार्किङ परिक्षा प्रा.ली,स्वमूल्याङकन,रिजल्ट,विद्यार्थी शिक्षकको विवरण,शिक्षकहरुको नियमित हाजिरी,विद्यालय व्यवास्थापन,लेखाजोखा प्रर्णाली,खर्च विवरण,जुनुसुकै समयमा सहजै उपलब्ध गराउन सकिने विद्यालय व्यवास्थापन समितिमा अध्यक्ष कुशल बहादुर शाहीले बताए । उनले भने ‘उनले दुर्गम क्षेत्रमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ कक्षा संञ्चालनले कालिकोट,दैलेख,अछाम र जुम्लाका विद्यार्थीहरुलाई डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्न सहज भएको बताए ।’
स्कुल सफ्टवेयर उद्धघाटन कायक्रममा बोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जिल्लाको निर्वाचन क्षेत्र न. ख को सरस्वती मा.वी भिटाको डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ विद्यालयमा नमुना युक्त ल्यावको लागी व्यबस्थापन गर्ने बताए ।
२०७६ सालबाट पठनपाठन संञ्चालन गरेको उक्त विद्यालयमा अहिले ३५ जना विद्यार्थीहरु नियमित रुपमा अध्यायन गरीरहेका छन्। यो विद्यालय कर्णाली प्रदेशको दोस्रो डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पठनपाठन गर्ने विद्यालय भएको जनाएको छ ।
विद्यालयमा स्कुल सफ्टवेयर संञ्चालनमा आएपछि डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुलाई सहजता थपिएको छ । विद्यालयको डाटा, विवरण माग्ने नागरीकलाई सहजै विवरण उपलब्ध गराउन छिटो र छरिटो हुने विश्वास विद्यालयको छ ।
साथै सरस्वती मा.वि विद्यालयले आफ्नै वेबसाइट निर्माण गरेको छ । विद्यालयको नामबाट उक्त वेबसाइट निर्माण गरेर सञ्चालनमा ल्याएको हो । वेबसाइट मार्फत विद्यालयको सबै विवरण,सार्वजनीक लेखा परिक्षणलगाएका गतिबिधि वेबसाइटबाट जुनसुकै ठाउँबाट हेर्न सकिने शिक्षक युवराज शाहीले जानकारी दिए ।
तस्विर ः डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले गरेको विद्यालयमा स्कुल सफ्टवेयर उद्धघाटन कार्यक्रम ।

तपाईको प्रतिक्रिया