कालिकोट – नेपाल पत्रकार महासंघ कालिकोट शाखाले छाेरी बुहारी पत्रकारीता पुरस्कार दिएकाे छ । सामुदायिक रेडियो प्रदेश आवाज एफएम कालिकोटमा कार्यरत संचारकर्मि प्रिमा कुमारी बिश्वाकर्मालाई बिहीबार एक कार्यक्रमका बिच पाँच हजार नगद सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरेकाे हाे ।

दुर्गम क्षेत्रमा पत्रकारीता गर्नु पर्दाका पिढाहरूमा अझै छाेरी बुहारी लाई काम गर्न निकै चुनाैति हुने गरेकाे छ । बालबच्चा साथमा राखेर काम गर्दाका समस्यालाई दृष्टिगत गर्दै बिश्वकर्मालाई पुरस्कार प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा अझै जाेस जागर बढाेस र याे क्षेत्रमा छाेरी बुहारी टिकाउनका साथै स्थापित गराउन याे पुरस्कार महासंघले राम्रो निर्णय गरेक महासंघका पुर्व अध्यक्ष तुलराम पाण्डेले बताए ।
यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार कालिबहादुर मल्लले छाेरी बुहारी पत्रकारीता पुरस्कार प्रदानप्रती धन्यवाद दिएका छन् । यस्ता पुरस्कार र प्राेत्सानले पत्रकारिता पेषामा थप बलियाे हुने मल्लले बताए ।
पुरस्कार प्रदान कार्यक्रममा महासंघका अध्यक्ष भरतराज बिस्टले छाेरा छाेरी बाेकेर काखमा राखेर पत्रकारिता गर्दाका पिढालाई दृष्टिगत गर्दै यस्ताे निर्णय गरेकाे बताए । कालिकोटमा संञ्चार माध्यायमकाे बढ्दाे बिकास संगै छाेरी बुहारी अक्ष्यकाेष स्थापना गरेकाे बताए ।
पुरस्कृत भएकी पत्रकार प्रिमा कुमारी बिश्वकर्माले याे पेशामा दुख सुख जे जस्ता आएपनी याे सम्मानले पेशामा थप जाेस जाँगर संगै गाैराम्वित भएकाे बताईन । उनले, आखाँभरि आँसु पाेख्दै मलाँई याे क्षेत्रमा रहि काम गर्ने वातावरण गर्नु हुने सवै आदरणीय गुरु प्रति आभार प्रकट गरेकि छन् ।
कार्यक्रममा प्रेस चाैतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य , कर्ण बिश्वकर्मा,प्रेस युनियानका उपाध्यक्ष पुष्पराज भट्टराई , पत्रकार किरण अधिकारी लगायतका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियो भने, कार्यक्रमकाे संचालन महासंघका सचिव खडानन्द अधिकारीले गरेका थिए ।

साझा रैबार । ४ फाल्गुन २०७९, बिहीबार १८:४४