फागुन ४ काठमाडौ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट प्रज्ञाप्रतिष्ठानको हलमा जारी मतदानमा महाधिबेशनमा सहभागी एक हजार ६ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिइरहेका छन ।
हिजो बुधबार राती ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिए अनुसार १ सय ९९ पदका लागि सयौं अखिलका नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए ।

जस मध्येकी एक हुन जलशा कुमारी वुढा अखिल नेतृ वुढाले एकता प्रक्रिया (समायोजन) कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन । उनको कोटामा अन्य कुनै प्रतिष्पर्धीको उम्मेदवारी नपरेकोले निर्वाचन कमिटीले हिजो राती नै निर्विरोध निर्वाचित भनेर घोषणा गरेको निर्वाचन कमिटीले जनाएको छ ।
जलशा अखिल क्रान्तीकारीको केन्द्रीय सदस्यमा कार्यरत रहकै बेला गत बैशाखमा एमालेमा समाहित भउकी थिइन । उनी कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बन्दै करिब १७ सय मत ल्याएर झिनो मतले पराजित भएकी थिइन ।
जलपरिका रुपमा समेत चिनिदै आएकी उनी एक निडर, हक्की र उच्च मनोवल भएकी सबै सँग मिल्न सक्ने एक आशालाग्दो युवा पनि हुन ।
साथै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको १७ पदाधिकारीका लागि झण्डै एक सय जनाले उम्मेद्वार बनेका छन १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन ।
७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै भएका छन ।
एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा हुनुहुन्छ ।

साझा रैबार । ४ फाल्गुन २०७९, बिहीबार १३:३२