सुर्खेत : एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडले कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडले शाखा संचालन,सम्पति शुद्धिकरण निवारण र व्यापार रणनीति व्यवस्थापनको बिषयमा दुई दिने तालिम  सम्पन्न गरेको हो ।

बित्तीय संस्थाबाट कर्जा लिएकै कारण किसानहरु थप गरिब हुन नहुने नारा सहित ल्याएको एनएमबि लघुबित्त किसान श्रृखला अर्न्तगतका ६ वटा नँया कर्जाहरु किसान आत्मनिर्भर कर्जा,किसान स्वाभिमान कर्जा,किसान कृर्षि पूर्वाधार निर्माण कर्जा,किसान पुर्नउत्थान कर्जा,किसान वातावरण संरक्षण कर्जा र किसान आकस्मिक कर्जा वर्तमान समय सुहाउदो र बजारको मागलाई ध्यानमा राखेर यो योजना ल्याएको बताइएको छ ।

यस श्रृखला सफल पार्नकोलागि पहिलो चरणमा बित्तीय संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई यस श्रृखला अन्र्तगतका कर्जाहरुको बिषयमा तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गरेर किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने गरी बित्तीय सेवा प्रदान गरेको बित्तीय संस्थाले आगामी व्यापार रणनीति लिएको छ ।

प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जा सार्वजनिक गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्र्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए ।

तालिममा प्रभावकारी शाखा संचालन,बास्तविक किसानहरुका सबै आवश्यकतालाई सम्बोधन हुने गरी हाँलै बित्तीय संस्थाले सार्वजनिक गरेको एनएमबि लघुबित्त किसान श्रृखला अन्र्तगतका कर्जाहरुको साथै आफ्नो व्यापार रणनीति व्यवस्थापनको सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे,बिभागीय प्रमुखहरु द्धय प्रेम प्रसाद सुवेदी र पुरनचन्द्र चापागाईले प्रशिक्षण दिएको प्रदेश प्रमुख लंक बहादुर बमले जानकारी दिए ।

प्रादेशिक कार्यालय सिद्धार्थनगर रुपन्देही र प्रादेशिक कार्यालय बिरेन्द्रनगर सुर्खेत अन्र्तरगत ११ वटा शाखा कार्यालयहरुमा कार्यरत ४१ जना कर्मचारीहरु सहभागी रहेका थिए ।