सपना बास्तविकतामा परिणत हुदा स्थानिय खुसी

सुर्खेत पाैष १३
पानीको अभावका कारण यस समुदायले खेतिपाती तथा पशुपालनमा विभिन्न चुनौतीहरुको सामना गर्नु परेको छ । यस क्षेत्रमा फलफूल खेती विशेष गरी स्याउ, ओखर तथा तरकारी खेतीको उच्च संभावना रहेको छ । कर्णाली राजमार्ग नजिकै छ, यो बस्ति । उत्पादनहरुलाई राम्रो मूल्यमा बेच्नका लागि बजारहरू पनि उपलब्ध छन् । तर सिँचाइका लागि पानी नहुँदा किसानले सोचेजस्तो उत्पादन गर्न सकेका छैनन् । तिला नदिको पानी माथि डाँडाको टुप्पोमा पु¥याएर सिँचाइका लागि प्रयोग गर्ने समुदायको सपना थियो । उनिहरु यस कार्यमा सहयोग गर्न सक्ने सहयोगी निकायको खोजिमा थिए ।
अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार संघिय वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानिय साझेदार संस्था पेस नेपाल मार्फत २०१९ देखि ४ वर्षे CAFS कर्णाली परियोजना तिला गाउँपालिकामा पनि लागु भएको थियो । परियोजनाको टोलीले जलवायु परिवर्तन अनुकूलन गर्न र खाद्य सुरक्षामा सुधार ल्याउन स्थानीय समुदायका प्राथमिकताहरू सङ्कलन गरेको थियो । सोहि क्रममा लिहि लिफ्ट सिँचाइ योजना समुदाय र स्थानीय सरकारले प्राथमिकतामा राखेको थियो । सुरुमा लिफ्ट योजना सौर्य उर्जाबाट संचालन गर्ने योजना थियो, तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविश्यमा जोडिदै गरेको विद्युत राष्ट्रिय प्रशारण लाईनको सुनिश्चितता पर्खिरहेको थियो । सन् २०२१ मा राष्ट्रिय प्रशारण लाईन संचालनमा आएपछि मात्र आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो । अन्ततः पहाडको टुप्पोमा नदिको पानी लिफ्टमार्फत डाँडोमा पु¥याएर समुदायको सपना साकार भएको छ ।
“नदीको पानी पहाडको टुप्पोमा चढ्ला भनेर हामीले विश्वास गरेका थिएनौं । तर हाम्रो सपना साकार भयो, अब हामी स्याउ र ओखर सहित अन्य अन्नबालीको खेती सुरु गर्न सक्छौं । CAFS कर्णाली परियोजना टिम र सबै सहयोगीहरूलाई धन्यवाद ।” लिही गाउँकी कृषक नन्ददेवी बोहराले खुसी हुँदै भनिन् ।
“तिला नदी हाम्रो गाउँबाट बगिरहेको मात्र देख्थ्यौँ, नदिकोे पानीको कुनै उपयोग गर्न सकिएको थिएन । खेतीपातीको सिजन आउँदा हामी महादेवलाई ‘हरहर महादेव पानी देऊ, अलिकती पुगेन अरु थपि देऊ’ भन्दै प्रार्थना गथ्र्यौं । महिलाहरु उपवास बसेर खाली खुट्टामा मन्दिर गएर अगेठो बालेर पानीको लागि रातभर प्रार्थना गर्थे । जब हाम्रो प्रार्थना पुरा हुन्थ्यो, अनिमात्र हामी हलो, जुवा बोकेर खेत जोत्न जान्थ्यौँ ।” लिही लिफ्ट सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले बताए । जुम्लाको तिला गाउँपालिकाको लिही र लर्मी गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हो । हिउँद र खेतीपातीको समयमा पानीका मुहानहरु सुक्दा कृषकहरू वर्षाको पानीमा मात्रै भर पर्नु परेको थियो ।
यस आयोजनाले ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने गरि ६० एचपी पम्पिङ संरचना सहितको इन्टेक, १०० केभी विद्युतीय ट्रान्सफर्मर सहितको पावर हाउस, १३२० मिटर मुख्य पाईपलाइन, एक सय घनमिटरको रिजर्भवायर ट्यांकी र ४ वटा ३० घनमिटरका वितरण पोखरीहरु निर्माण गरेको छ । आयोजनाको कुल लागत १ करोड, ३५ लाख, ११ हजार, ४ सय, ६२ रुपैया लगानी भएको हो । जसमा समुदायका धेरैजसो घरधुरीहरुले छोटो चरणको रोजगारि प्राप्त गरि आफ्नो बैंक खातामा ज्यालाको रूपमा २५ लाख, २४ हजार, १८ रुपैया नगद प्राप्त गरेका थिए ।
“अन्य सिँचाइ प्रणालीको तुलनामा लिफ्ट सिँचाइ प्रणाली तुलनात्मक रूपमा महंगो छ । तर उक्त समुदायमा सिँचाइका अन्य विकल्पहरु नभएकाले हामी लिफ्ट सिँचाई प्रणालीमा गएका हौं । यसले स्थानीय समुदायको उत्पादन र जीविकोपार्जनमा सुधार ल्याउनुका साथै जलवायु परिर्वतन अनुकुलनमा टेवा पुग्ने छ । लिफ्ट योजना भर्खरै सम्पन्न भएको छ र यस आयोजनालाई दिगो रुपमा संचालन गर्नका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ,” पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले भने ।
“यो समुदायमा सबैभन्दा आवश्यकतामा रहेको योजना हो, यसले ३ सय ३८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पु¥याउँछ र व्यावसायिक फलफूल र तरकारी खेती गर्न मद्दत गर्नेछ, जसले समुदायको आम्दानी बढाउनेछ । हामी यो आयोजनाको संरक्षकत्व दीर्घकालीन रूपमा लिनेछौं” तिला–२ जुम्लाका वडाध्यक्ष चन्द्रबहादुर वोहराको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया