पचालझरना गाउपालिकाले निक्कि बाेहाेरालाई गर्याे उपचारका लागि सहयाेग

कालीकाेट पुस १                                                                 गत असाेजमा परेकाे अबिरल बर्षाका कारण पहिराेमा परि घाईते निक्कि बाहेराकाे काठमाण्डाै स्थित सुस्मा मेमोरियल अस्पताल साकु काठमाण्डाैमा उपचार भईरहेकाेछ । अार्थिकले अभाव भएकै कारण उनलाई केही समय अघि उपचारका लागि  समस्या अाएकाे थियाे । मिडिया र अाफन्तहरुले उपचारका लागि सहयाेग मागे पछि बिदेश तथा स्वदेशबाट राहत स्वरुप खर्च जुट्न थालेकाे उनकि अामा दर्पना बाेहाेराले बताई । शुक्रबार उपचारकाे शिलशिलामा रहेकि निक्किलाई भेट्न तथा स्वास्थ्थ अबस्थाकाे जानकारि लिन पचालझरना गाउपालिकाका अध्यक्ष देबराज शाही उपाध्यक्ष अल्किना बम वडा न ९ का अध्यक्ष ललिजङग बहादुर शाहीले भेटघाट गर्नु भयकाे थियाे । भेटघाटका क्रममा गाउपालिकाकाे तर्फबाट ४० हजार सहयाेग गर्नु भएकाे बताईकाे छ । साथै वडा अध्यक्ष ललिजङग बहादुर शाहीले २हजार सहयाेग गर्नु भएकाे हाे । थप  उपचारमा बालिकालाई सहयाेग गरिने अध्यक्ष देवराज शाहिले बताउनु भयाे । यस्तै गत साता पचालझरना गाउपालिका स्थित स्वास्थ चाैकि नानिकाेटका स्टापहरुले सहयाेग गरेकाे बताईएकाे छ। वडा न ७ का सचिव कृष्ण बहादुर बमले पनि सहयाेग गरेकाे जानकारि प्राप्त भयकाे छ । यता जिल्ला प्रशासन कार्यलय कालीकाेटले २ लाख चालीस हजार राहत उपलब्ध गराउने जानकारि दिएकाे छ । रकम बुझ्नका लागि साचि तथा सहर्जिबि अाबश्यक पर्ने भएकाले बालिकाकि हजुर अामालाई सदरमुखकाम बाेलाईएकाे छ।

तपाईको प्रतिक्रिया