जनयुद्दका बेला उच्च शाहदत प्राप्त गर्ने प्रभातकाे सम्झनामा खुल्ला पुरुष भलिबल प्रतियाेगिता सुरु

कालिकाेट                                                                असाेज १५                                                                        कालिकाेट जिल्ला पचालझरना गाउपालिका ९ मा खुल्ला पुरुष भलिबल प्रतियाेगिता उद्घाटन गरिएकाे छ । जनयुद्दकाे बेला उच्च शहादत प्राप्त गर्ने महान सहिद हर्ष बहादुर शाही  प्रभातकाे सम्झनामा वडाले प्रत्येक बर्ष सास्कृतिक तथा खेलकुद कार्यक्रम  सचालन गर्दै अाईरहेकाे छ। राष्टका लागि खेलकुद स्वास्स्थका लागि खेलकुद प्रभात बिहानि युवा क्लबकाे सान खेलकुद तथा सास्कृति हाम्राे पहिचान भन्ने मुल नाराका साथ पुरुष भलिबल प्रतियाेगिता सचालन गरिएकाे हाे । पचालझरना गाउपालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख अातिथ्थता पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमकाे विशेष अाथित्थता रहेकाे  थियाे । कार्यक्रममा पचालझरना गाउपालिका ९ का वडा अध्यक्ष ललिजङग बहादुर शाहि लगायत सबै  वडाका  अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे । तीन दिन सम्म सचालन  हुने प्रतियाेगितामा पचालझरना गाउपालिकाका सबै वडाका टिम सहभागी भएकाे अायाेजकले जनाएकाे छ । प्रतियाेगितामा प्ररथम पुरस्कार राशि  बीस हजार रहेकाे  छ । पचालझरना चिनाउनका लागि खेलकुद जरुरि रहेकाे र खेलकुद तथा सास्कृतिक क्षेत्रमा निरन्तर सहयाेग गर्ने पालिका अध्यक्ष देवराज शाहीले जानकारि दिनु भयाे । प्रभात बिहानि युवा कल्वकाे अायाेजना र अार्थिक सहयाेग पचालझरना गाउपालिका ९ ले गरेकाे थियाे । सहिद प्रभातले गरेकाे बलिदानलाई सधै सम्झिराख्न बिर्सिन नदिनका लागि वडा कार्यलयबाट भरपुर सहयाेग हुने वडा अध्यक्ष ललिजङग बहादुर शाहिले बताउनु भयाे । कार्यक्रमकाे सभाध्यक्ष क्लबका अध्यक्ष अज बहादुर शाहिले गर्नु भएकाे थियाे भने, सचालन अमर बहादुर शाहिले गर्नु भएकाे बताईएकाे छ ।

तपाईको प्रतिक्रिया