कालिकाेट असाेज ३ पचालझरना गाउपालिका कालिकाेटले संविधान दिवसकाे अबसरमा श्रमदानकाे काम गरि मनाएकाे छ । गाउपालिकाकाे केन्द्र पणेक्षा जाने बाटाे बर्षाका कारण सवारि साधन बन्द भए पछि साे काम गरिएकाे हाे ।पचालझरना गाउपालिकाकाे अध्यक्ष वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत कर्मचारि वडा सदस्य कार्यपालिकाकाे टिम सहित श्रमदानमा जुटेकाे पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाहिले वताउनु भयाे । अध्यक्ष शाहिले थप्दै भन्नू भयाे ससाना कामका लागि बजेटनै हुनु पर्छ भन्ने छैन, समुदाय मिलेमा ठुला कामहरु पनि सम्भव हुन्छन । यस्तै बर्षाका कारण यातायात अबरुद्द भएकाे भैसिसेन नानिकाेट हुँदै बाेलुगाउ जाने सडक अन्तगत लामाचाैरमा स्थानिय बुद्दिजिबि युवाहरुले केही साता अगाडि श्रमदान गरि वाटाे खुलाएका थिय ।
पचालझरनाका जनप्रतिनिधि श्रमदानमा जुट्दै
तपाईको प्रतिक्रिया
साझा रैबार । ३ आश्विन २०७९, सोमबार १८:२८