बाल दिवसकाे अबसरमा शिक्षक बिदाई

 बाल दिवसको अबसरमा २ जना शिक्षकलाई बिदाई

 

कालिकोट :

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं ६ मा रहेको पंचदेवल माध्यामिक विद्यालयमा कार्यरत २ जना शिक्षकलाई बाल दिबसको अबसर पारेर विदाई गरिएको छ । २०४६ ासार ३१ गते देखि २०७९ असार २५ गते सम्म अध्ययन गराउनु भएकि शिक्षिका सत्यदेवि उपाध्याय र २०७६ जेष्ठ १० गते देखि २०७९ बैशाख ११ गते सम्म अध्ययन गराउनु भएका शिक्षक देव नाथ योगिलाई आज विद्यालयले सम्मान सहित विदाई गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर ऐडिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा समितिका संयोजक जयप्रसाद सिम्खाडा, वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्याल वडा नं ५ का अध्यक्ष रामराज बम  वडा नं ४ का अध्यक्ष देवनाथ योगि शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । २०७९ को स्थानित तहको निर्वाचनमा वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित हुनु भएका वडा अध्यक्ष देब नाथ योगि र शिक्षक पेशावाट अवकास प्राप्त गरि जानू भएकि शिक्षिका सत्यदेवि उपाध्यायलाई आज सम्मान पत्र सहित दोसल्ला ओढाएर विदाई गरिएको छ ।

विदाई कार्यक्रममा बोल्दै सत्यदेवि उपाध्यायले आफ्नो विगतलाई सम्झिदै महिलाले केही गर्न सक्दैनन भन्ने उदाहरण आफु रहेको वताउनु भयो  । उहाँले विभिन्न वाधाहरुलाई छिचोल्दै यहाँ सम्म आएर आज यो सम्मान पाउँदा आफु निकै खुसि भएको वताउनु भयो । उहाँले आफुले पढाएका विद्यार्थी आज विभिन्न क्षेत्रको महत्वुर्ण ठाउमा पुगेको प्रति खुसि व्यकत गर्नु भयो । यस्तै देब नाथ योगिले आफु विद्यालयमा रहेको समयसमा विद्यालय प्रशासन र विव्यस परिवारले आफुलाई उच्च सम्मान दिएको बताउनु भयो । उहाँले शिक्षक पेशामा रहेको बेला गरेका कामहरुले नै आज यो विद्यालयले आफूलाई सम्मान दिएको प्रति धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले शिक्षकहरुलाई विद्यार्थिको भविस्य उज्वल बनाई अभिभाबको सपना पूरा गरिदिन आग्रह गर्नु भयो  ।

यस्तै वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्यालले यो बाल दिवस मनाउन कहिले वाट सुरु गरियो भन्ने विषयमा प्रष्ट पार्नु भएको छ   साथै उहाँले आज विदाई हुने सिक्षकलाई शिक्षक पेशावाट विदाई भएपनि अव समाज सेवाको यात्रा तय भएको बताउनु भयो । उहाँले शिक्षक पेशामा जति योगदान गर्नु भएको छ अव बाँकि समय समाज सेवामा लाग्न समेत आग्रह गर्नु भयो । कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष हर्क वहादुर ऐडिले लामो समय सम्म शिक्षक पेशामा रहेर गरेको योगदान उच्च रहेको बताउदै धन्यबाद व्यक्त गर्नु भयो । उहाँले विदाई हुनुहुने शिक्षकहरुलाई आगामि दिनको थप सफल्ताको शुभकामना समेत ब्यक्त गर्नु भएको छ  ।

तपाईको प्रतिक्रिया