प्रतिभा उजागर गर्न सास्कृतिक कार्यक्रम सम्पन्न

प्रतिभा उजागार गर्न साँस्कृतिक कार्यक्रम
जेठ १। सुर्खेत
उत्तरगंगा कर्णाली स्कूल भूरेली सुर्खेतमा बृहत साँस्कृतिक मिलन कार्यक्रम सम्पन्न भएको छ ।
गुराँस म्यूजिक प्रोडक्स र स्कूलको आयोजनामा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । यस बर्षको एसई परिक्षामा ४ जिपिए सहित सर्बोकृष्ट ऐतिहासिक सफलता हाँसिल गर्नुहुने बिद्यालयका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न म्यूजिक प्रोडक्सले सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
प्रोडक्सका अध्यक्ष तथा गायिका सम्झना अधिकारी, गायिक बिपना सिंह, गायक नमराज भण्डारी, गायक खगेन्द्र न्यौपाने लगायतका कलाकारहरुले सो अबसरमा देउडा तथा दोहोरी गीत गाएर मनोरञ्जन दिनुभएको थियो । बिद्यालयका सस्थापक निर्देशक सुवास अधिकारीले बिद्यार्थीहरुको रुचिलाई मध्यनजर गरि साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले नियमित पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा बिद्यार्थीहरुको अन्तरनिहित प्रतिभा उजागार गरी ब्यबसायिकतामा पनि दक्षता मिल्ने भएकाले नियमित रुपमा रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिनेमा जोड दिनुभयो ।
बिद्यालयका प्रिन्सिपल अमृता बोहोराले बिद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गर्न मद्धत पुगाउन साँस्कृतिक कार्यक्रम गरिएको बताउनु भयो ।
उत्तरगंगा कर्णाली स्कूल र चन्दननाथ प्राबिधिक शिक्षालयमा अध्ययनरत छात्रछात्रा, अविभावक, शिक्षकहरुको सहभागिता रहेको साँस्कृतिक कार्यक्रममा बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले पनि सो अबसरमा गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया