कालिकोट जिल्ला, शुभकालिका गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौँ जिल्ला, शंखरापुर नगरपालिका वडा नम्बर ९ मा बस्दै आइरहेकी १३ वर्षीया पुनम शाही मिति २०८२ साल १० महिना ०२ गते साँखुस्थित सालिनदी मेलाबाट सम्पर्कविहीन भएकी छन्।
उक्त मितिदेखि हालसम्म पनि पुनम शाही परिवार तथा आफन्तको सम्पर्कमा नआएकी हुँदा उहाँको खोजी कार्य जारी रहेको परिवारजनले बताएका छन्।
यदि कसैले उहाँलाई देख्नुभएको, भेट्नुभएको वा उहाँसम्बन्धी कुनै जानकारी पाउनुभएको भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन वा निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छः
बुवाको सम्पर्क नम्बर: ९७४९४००१२४
अंकलको सम्पर्क नम्बर: ९७४३३१६९६१
सम्बन्धित सबैमा सहयोगका लागि परिवारजनले हार्दिक अनुरोध

साझा रैबार । १० माघ २०८२, शुक्रबार ०५:३१