कालिकाेट जिल्ला पचालझरना गाउपालिका वडा नम्बर ७ स्थित नानीकोट स्वास्थ्यचौकी मा सौर्य प्रणाली हस्तान्तरण र साेहिकाे वडाकाे पंगेलि माध्यमिक बिधालयमा संचालन गरिएकाे डिजिटल अग्रेेजी अनलाईन कक्षामा अध्ययनरत बिधार्थीहरुलाई प्रमाण पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जाको लागि सोलार प्यानल र औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हाे ।
कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान ,पचालझरना गाउपालिका अध्यक्ष देवराज शाही,उपाध्यक्ष अल्किना बम वडा अध्यक्ष स्वास्थ्यकर्मि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्यचौकीमा विगतमा गुणस्तरीय फ्रिजको अभावका कारण औषधि भण्डारणमा समस्या र नियमित विद्युत् आपूर्तिको कमीले स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। सो समस्याको दीर्घकालीन समाधानका लागि वर्ल्डलिंकले तीन किलोवाट क्षमताको सौर्य प्रणालीसहित फ्रिज जडान गरेकाे हाे ।
कार्यक्रममा बोल्दै निर्देशक भण्डारी जालानले वर्ल्डलिंकले देशका विभिन्न ठाउँहरूमा समुदायमुखी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै, ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।
साेहि वडाकाे पंगेलि देवी माध्यमिक बिधालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत लोकोपकारको सहकार्यमा भदौ महिनादेखि अनलाइन स्मार्ट बोर्डको माध्यमबाट अङ्ग्रेजी भाषा सिकाइ कक्षा सञ्चालन भइरहेको छ । कम्पनीकी निर्देशक भण्डारी जालानले विद्यालयमा पुगेर उक्त कक्षाको स्थलगत अवलोकन (सर्भेक्षण) गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिनुभएको थियो। वर्ल्डलिंकले केवल प्रविधि र पूर्वाधार क्षेत्रमा मात्र होइन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान दिँदै आइरहेको समेत भण्डारी जालनले बताउनुभयो । साेहि अबसरमा विद्यार्थीहरूको प्रोत्सहानका लागि वर्ल्डलिंकको तर्फबाट सहभागि विद्यार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

साझा रैबार । २५ कार्तिक २०८२, सोमबार १९:४१