देश सङ्कटमा परेकाे बेला सबै लाेकतान्त्रिक शक्तिले गम्भीर ढंगले सोचौँ ।

देश सङ्कटमा परेकाे बेला सबै लाेकतान्त्रिक शक्तिले गम्भीर ढंगले सोचौँ ।
सुशील संज्याल
राष्ट्रिय युवा सङ्घ नेपाल कर्णाली प्रदेश सचिवालय सदस्य तथा पर्यटन विभाग प्रमुख

यतिबेला देश निकै संगिन र गम्भीर मोडमा छ। सबै सबैले देश बचाउनका लागि आआफ्नो ठाउँबाट सके सम्मकाे योगदान गर्नुपर्ने बेला आएकाेछ ।देश विगतमा कसरी चलिरहेको थियो, वैदेशिक हस्तक्षेपको सीमा के थियो ? देश चलाउनलाई कहाँ कहाँबाट कसरी स्रोत साधन जुटाउनुपर्ने अवस्था थियो ? यी सबै कुरालाई गम्भीर रूपमा अध्ययन गरेर आजको विकसित राजनीतिक परिस्थिति लाई जान्ने र बुझ्न जरुरी छ । विगतमा के साँच्चै देश हामीले चलाएका छौं त भनेर पटकपटक प्रश्न उठ्दै आएको कुरालाई आत्मसात गर्दै फेरि पनि देश हामीले चलाउन छौँ त भन्ने प्रश्न पनि सँगसँगै उठाउन जरुरी छ। नेपालमा भएका जति पनि राजनीतिक परिवर्तन छन्, त्यसमा हाम्रा छिमेकी र मित्र राष्ट्रहरू पनि जोडिने गरेका छन् । यसपटक पनि को को जोडिए भन्ने प्रश्न उठ्नु लाई अन्यथा भन्न मिल्दैन ।
शक्ति राष्ट्रहरूले समेत “डिप स्टेट” को कडा प्रतिवाद गरिरहेको बेला One Old Order र Deep State को चपेटामा परिरहेकै बेला मुलुक संसद विघटन गरेर अन्तरिम सरकार निर्माण हुँदै चुनाव (यसलाई मध्यावधि निर्वाचन भन्दा पनि फरक पर्दैन) मा मात्रै जानु पछाडिका कारणहरूलाई गम्भीरतापूर्वक अध्ययन र अनुसन्धानको विषय बनाउनुपर्छ ।नयाँ पुस्ताको आन्दोलनको फाइदा उठाउदै निर्दोस प्रहरी प्रसासन र जनशक्ति माथिको ज्यानलिने गरि गरेको कुरुप्ता को छाबिन गरि कानुनि प्रकृया मार्फत कानुनि राज्यको अनुभुती हुनै पर्छ र राज्यको सम्पति माथि खरानी हुने गरि भएको अमानवीय व्यबहारकाे क्षदिपुर्ति असुल गर्ने गरि परिचालित व्यक्तिलाई पहिचान गरि कानुनि उपचार गर्नै पर्छ । अब असल नेतृत्वको रक्षा र बिबाधित नेताको बैरगमनको बहस गरि राजनितीक दल नयाँ शिराबाट अगाडि बढेर स्टन बाजिले जन्माएको सरकारको चाँडै किनारा लगाउनु आजको आबस्यकता हो । नयाँ पुस्ताले राखेको सुसासन , भ्रष्टाचारको अन्त्य स्थाई सरकारका लागि जननिर्वाचित राष्ट्रपति र प्रधानमन्त्री ल्याउनका लागि संबिधान संसोध गर्न नयाँ सदन उठाएर अघि बढ्नै पर्छ यो आन्दोलन फेरि अर्को समयमा कसैले गरेर राज्यको क्षति र कोहि व्यक्तिलाई ज्यान गुमाउन नपरोस् यसका लागि चाँडो भन्दा चाँडो सबै राजनिति दलले नयाँ बहस र चाँडै निर्बाचनमा जुटेर लाग्न जरुरि छ । नत्र यस्ता अराजक गतिबिधि फेरि नहोलान र यो थिति नआउला भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया