काठमाडौं – काठमाडौंको शंकरदेव क्याम्पसमा आजबाट सप्ताहव्यापी बास्केटबल ट्रेनिङ क्याम्प सुरु भएको छ। प्रशिक्षणमा छात्र-छात्रा गरि ५० जना बढिको सहभागिता रहेको छ । अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटी अध्यक्ष निर्तिक घर्ती मगरको अध्यक्षता सम्पन्न उद्घाटन समारोहमा केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख कैलाश गिरी प्रमुख आतिथि, उदयपुर बास्केटबल संघका अध्यक्ष बिबेक खड्का विशेष अतिथि, क्याम्पस स्ववियु सभापति शुसान्त बस्नेत , माङ्काल क्लव बागबजारका निरज शाही लगायतको आतित्यथा रहेको थियो। “शिक्षादेखि नेतृत्वसम्म, खेलकुददेखि स्वास्थ्यसम्म, देशभक्तिदेखि समर्पणसम्म र अनुशासनदेखि एकतासम्म” भन्ने मुल नारालाई आत्मसात गर्दै अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले आफ्नो समृद्धि निर्माण अभियानको पहिलो कदमका रूपमा निशुल्क बास्केटबल प्रशिक्षण क्याम्प २०८२ सुरु गरेको अध्यक्ष मगरले बताए । जसले शिक्षा, खेलकुद, स्वास्थ्य र नेतृत्वलाई एकसाथ जोडेर विद्यार्थीहरुलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सशक्त बनाउने लक्ष्य लिएको छ।
कमिटीले क्याम्पसमा शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। क्याम्पमा राष्ट्रिय प्रमाणपत्र प्राप्त प्रशिक्षक तथा राष्ट्रिय स्तरका अनुभवी खेलाडी सौरभ श्रेष्ठ र निश्चल तण्डुकारद्वारा प्रत्यक्ष मार्गदर्शन दिनेछन् । पहिलो दिनको प्रशिक्षणमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखिएको थियो । प्रशिक्षणमा शारीरिक फिटनेस, खेलकुदका आधारभूत सीप, टीमवर्क , अनुशासनमा र नेतृत्व विकासमा विशेष ध्यान दिइएको छ।
अनेरास्ववियूको आयोजनामा शंकरदेव क्याम्पसमा बास्केटबल ट्रेनिङ क्याप सुर
तपाईको प्रतिक्रिया

साझा रैबार । ६ श्रावण २०८२, सोमबार २१:४५