कालिकाेट जिल्लाकै पहिलाे आर्थिक वर्ष २०८२/८३ का लागि पचालझरना गाउँपालिकाले बजेट सार्वजनि

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पचालझरना गाउँपालिकाले सुक्रबार बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान सहित बजेट सभामा पेस गर्नु पर्ने हुन्छ । सोही अनुसार पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले आगामि बर्षको बजेट गाउँसभामा पेस गर्नुभएको हो । कानुनि ब्यवस्थाअनुसार पचालझरना गाउँपालिकाले आगामी आव २०८२/८३ का लागि शुक्रबार बजेट पेस गरिएको हो । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। चालु आव २०८२ /८३ का लागी बजेट ल्याउने कालिकोटको पहिलो गाउपालिका रहेको छ । पचालझरना गाउँपालिका सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित ४३ करोड ८६ लाख २९ हजार ३ सय ५२ को बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष बमले आज गाउसभामा आगामी आर्थिक वर्षको आय–व्यायको बिवरण पेस गर्नुभएको हो।“आगामी आर्थिक वर्षको लागी नेपाल सरकार वाट बित्तिय समानिकरण रू ८ करोड ५० लाख ८९ लाख रहेको छ भने संघिय समपुरक अनुदान स्वरूप रू ८० लाख रहेको छ । त्यस्तै संघिय बिसेश अनुदान तर्फ रू ४ करोड रहेको छ । नेपालसरकारवाट प्राप्त शसर्त अनुदान १७ करोड ५७ लाख रहेको छ । त्यसै गरी संघिय राजश्व बाडफाड तर्फ ८ करोड ५५ लाख ७३ हजार ३ सय ५२ छ भने प्रदेश सरकारवाट बित्तिय समानिकरण अनुदान १ करोड १२ लाख रहेको छ भने प्रदेश सरकारवाटै सशर्त अनुदान तर्फ २ करोड १५ लाख २५ हजार प्राप्त भएको बताईएको छ कर्णालि प्रदेश सरकारको बिषेश अनुदान तर्फ ५० लाख प्रदेशको राजश्व बाडफाडबाट रू ४ लाख ७६ हजार रहेको बताईएको छ ।त्यस्तै चालु तर्फ जम्मा २७ करोड ९१ लाख ३२ हजार ३ सय ५२ बिनियोजन गरीएको छ ।आन्तरिक आय तर्फ जम्मा २२ लाख मात्र अनुमान गरिएको छ ।त्यस्तै लक्षित बर्गको क्षमता बिकास ,पर्यटन प्रबद्वन ,सामाजिक सुरक्षा ,कृषि पसु ,जिबिको पार्जन , रोजगारी र भौतिक पुर्वाधारलाई प्राथामिकतामा राखिएको छ ।गाउसभामा यस अघि सभाका अध्यक्ष तथा पालिका अध्यक्ष देबराज शाहीले पेसको आगामी आबको निति तथा कार्यक्रम पनि पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर बमले बताउनु भयो ।यसै गरि शनिवार रास्कोट नगरपालिकाले पनि नगरसभा मार्फत बजेट सार्वजनिक गर्दै छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पचालझरना गाउँपालिकाको सुक्रबार बजेट सार्वजनिक

तपाईको प्रतिक्रिया