युवा संघकाे सचिवमा वकिल बमकाे चर्चा पाेखरामा अधिवेशन हुँदै

काठमाण्डौ। यहि जेठ ९ गते पोखरामा हुन लागेको राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा कालिकोटको अकिल बमले युवा सघकाे नेतृत्वमा लिनु पर्ने सर्वत्र चर्चा चुलिएको छ ।जेठ ९ गते उद्घाटन भएर ११ जेठसम्म चल्ने महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन हुने भए पछि ३३ वर्षीय बमको नाम राष्ट्रिय रुपमै चर्चामा आएको हो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बमको सचिव पदमा चर्चा भइरहेको छ । उनी युवा नेतृत्वको सम्भावना, संगठनको रणनीति र राष्ट्रिय हितप्रति स्पष्ट दृष्टिकोण बोकेका जुझारु नेताका रुपमा चिनिन्छन् ।दुर्गम गाउमा जन्मेर पनि राजधानीमा देशैभरका युवाहरुको अधिकारका लागि सशक्त आवाज उठाउने कुशल संगठनकर्मी र युवा राजनीतिमा उदाउँदो अनुहारका रुपमा परिचित छन ्राजनीतिशास्त्रमा स्नातक पास गरेका बमले शैक्षिक धरातलसँगै व्यावसायिक अनुभव पनि उल्लेखनीय रुपमा विस्तार गरेका छन । उनी बहुआयामिक क्षमताका धनी व्यक्ति हुन्।

राष्ट्रिय युवा संघ नेपालमा पनि बमको योगदान झनै प्रभावशाली छ । उनी क्रमशः केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, सचिवालय सदस्य अहिले केन्द्रीय सचिवका रुपमा सशक्त दावि प्रस्तुत गरेका छन्

तपाईको प्रतिक्रिया