हुरेन्डेकले बालिकालाई शैक्षिक सामग्री सहयाेग

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटको साझेदारीमा सचालित सशक्त बालिका परियोजनाले रास्काेट नगरपालिका वडा नम्वर ३ स्थित मालिका आधारभुत विधालयमा अध्यायनरत फरक क्षमता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकाेछ। कपि २२,डट्पेन २२,पेन्सिल १ दर्जन झाेला १ कलर पेन्सिल २ दर्जन ज्यामिति बक्स १ वटा वडा अध्यक्ष राजेन्द्र नाथ योगीेले बालबालिकालाई सामाग्रि हस्तान्तरण गर्नुभएकाे हाे । बिपन्न फरक क्षमता भएका बालिकालाई पढाईमा सहज हाेस र बिधालय नियमित हाेस भन्ने उदेश्यले सहयाेग गरिएकाे परियाेजना सयाेजक डम्बर बाेहराले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया