हुरेन्डेकले जिल्ला अस्पताल कालिकाेटलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेट २०५३ सालमा स्थापना भएको स्थानीय गैरसरकारी संस्था हाे । यस सस्थाले  जिल्ला अस्पताल कालिकाेटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । बिगतमा सामाजिक सेवामा काम  गर्दै आईरहेकाे सस्थाले अस्पताललाई फ्लाेमिटर २० पिस,अक्सिजन सिलिण्डर ४, आइभि स्टेन ५, पिपि सेट १२ र अक्सिजन कन्सेलेटर १ थान हस्तान्तरण गरेकाे हाे । सस्थाका अध्यक्ष जजराज शाहीले जिल्ला अस्पताल कालिकाेटका डाक्टर संकेत बिश्वकर्मालाई हस्तान्तरण गर्नु भयाेकाे हाे । थाेरै भएपनि बिरामिहरुलाई राहत पुग्ने  भएकाले सहयाेग गरिएकाे अध्यक्ष शाहीले बताउनु भयाे । काेभिडकाे महामारिका बेला पनि स्थानिय तहहरुमा खाध्यन्न तथा नगद सहयाेग गरेकाे समेत शाहीले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया