परियाेजना सम्बन्धी जानकारी एवम् समीक्षा कार्यक्रम सम्पन्न

कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिकामा परियाेजना सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग र हुरेन्डेक नेपालकालिकाेट लगाएत साझेदार संस्थाहरु तथा रास्काेट नगरपालिकाकाे समन्वयमा नगरमा संचालित शशक्त बालिका परियाेजना बारे जानकारी दिन तथा अन्य परियाेजनाहरुकाे प्रगति समीक्षा गर्ने उदेश्यले कार्यक्रमकाे आयाेजना गरीएकाे थियाे ।
कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपाल लगाएत सम्पुर्ण साझेदार संस्थाहरुलाई धन्यबाद ब्यक्त गर्दै नगर प्रमुख धर्मराज शाही ( पाेषण ) ले परियाेजनाकाे सफल कार्यन्वयनकाे लागि नगर सरकारले सहकार्य गर्दै पुर्ण अपनत्वका साथ सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएकाे थियाे । प्लान ईन्टरनेश्नलकाे तर्फबाट प्रस्तुतिकरण गर्दै कार्यक्रम बिशेषज्ञ विनय ज्ञवालीले प्लान ईन्टरनेश्नल नेपालकाे आगामि पञ्च वर्षिय रणनिती बारे जानकारी गराउदै रास्काेट नगरपालिकामा प्लान ईन्टरनेश्नल नेपालले बालबालिका किशाेरकिशाेरी तथा युवा महिलाहरुकाे सर्वपक्षिय बिकासकाे लागि शिक्षा, स्वास्थ्य र राेजगारकाे पक्षमा काम गर्दै आएकाे र आगामी दिनमा पनि कार्यक्रमकाे निरन्तरता दिने बताउनु भयाे । कार्यक्रममा साझेदार संस्थाकाे तर्फबाट संचालित क्रियाकलापहरुकाे बारेमा प्रस्तुतिकरण गरिएका थिए । रास्काेट नगरपालिकाका उप प्रमुख मनिराज बरालकाे अध्यक्षता, नगर प्रमुख शाहीकाे प्रमुख आतिथ्थता, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतकाे उपस्थितिमा सम्पन्न भएकाे कार्यक्रमकाे संचालन हुरेन्डेक नेपालका परियाेजना संयाेजक शिवशंकर उपाध्यायले गर्नु भएकाे परियाेजना संयाेजक डम्बर बाेहराले जाजकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया