कर्णाली प्रदेश सरकारकाे सामाजिक बिकास मन्त्री बनिन माेनिका

सुर्खेत : अन्तर्राष्ट्रिय बालिका दिवस अर्थात अक्टोबर ११ को सन्र्दभ पारेर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत कालिकोटकी १७ वर्षिया मोनिका बुढाले एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको कार्यभार सम्हालेकी छन् ।

प्लान ईन्टरनेशनल नेपालको अगुवाईमा किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले १ दिनका लागि मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन ।

पदभार ग्रहण गर्दै मोनिकाले सामाजिक विकास मन्त्रालयले गर्ने कार्य तथा जीम्मेवारीहरु बारे जानकारी लिदै सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामका बारेमा जानकारी लिएकी थिईन ।

तपाईको प्रतिक्रिया