प्रगतिशिल युवा क्लबकाे आयाेजनामा पचालझरना २ मा बृहत् खेलकुद तथा सास्कृतिक महाेत्सवकाे उद्घाटन गरिएकाे छ । जुम्लाकि संघिय सासद बिनिता कठायतकाे प्रमुख अातिथ्थतामा संचालन भएकाे महाेत्सवमा प्रकाश कठायतकाे सभाध्यक्षता रहेेकाे थियाे ।
महाेत्सवमा गाउपालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्किना बम, प्रथम गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल, देउडा सम्राड नेत्रराज शाही, देउडा खेलाउडी बिपना भण्डारीकाे उपस्थिति रहेकाे थियाे । पचालझरना गाउपालिकाका वडाबाट १२ वटा भलिवल टिम समाबेस भएका छन । ५दिन सम्म संचालन हुने महाेत्सवमा नेत्रराज शाही बिपना भण्डारी लगायतका देउडा खेलाउडा खेलाउडिका बिच खेल संचालन हुनुका साथै भलिवल प्रतियाेगिता संचालन भई रहेकाे कार्यक्रम संयाेजक रमेश कठायत (झलक)ले जानकारी दिनु भयाे । पचालझरनामा रहेका पर्यटकिय क्षेत्रहरुकाे प्रचार प्रसार तथा बिजया दशमी तथा शुभ दीयावलिकाे अबसरमा शुभकामना आदान प्रदान हाेस भन्ने उदेश्यले महाेत्सव संचालन गरिएकाे आयाेजक कमिटिले जानकारी दिएकाे छ । महाेत्सव संचालनका लागि पचालझरना गाउपालिका वडा न २ तथा शिक्षक बुद्दिजिवि कर्मचारीहरुबाट सहयाेग संकलन गरि अायाेजना गरिएकाे बताईएकाे छ ।
संघिय सासद बिनिता कठायतदद्दारा पचालझरनामा महाेत्सव उद्घाटन
तपाईको प्रतिक्रिया

साझा रैबार । २ कार्तिक २०८०, बिहीबार १०:००