पचालझरनामा संचालित रनिङ सिल्ड प्रतियाेगितामा पंगेलि माबि प्रथम

पचालझरना गाउपालिका स्थित पञ्चकालिका माबि बाचकाेटमा पालिका स्तरीय चाैथाे राष्टपति रनि‌ङ सिल्ड प्रतियाेगिता सम्पन्न भएकाेछ । सम्पन्न प्रतियाेगितामा पंगेलि देवि माध्यमिक बिधालय नुवाघरले १० संवरण ७ कास्या र ५ रजत प्राप्त गरि प्रथम स्थान हासिल गरेकाे हाे । ७ स्वर्ण २ कास्या र २ रजत प्राप्त गरि पंञ्चकालिका माबि बाचकाेटले दाेेश्राे स्थान प्राप्त गरेकाे थियाे । ज्ञानदाेय माबि राम्नाकाेटले ५ संवरण ३ कास्या र २ रजत प्राप्त गरि तेश्राे स्थान प्राप्त गरेकाे गाउँ पालिका खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शाहीले जानकारी दिनु भएकाे छ । सिल्ड जिते संगै पंगले देवि माबि नुवााघरले खेलाडिहरुलाई बदाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दल बाेगटीकाे सभाध्यक्षता, वडा न ७ का वडा अध्यक्ष कल बहादुर ऐडीकाे प्रमुख अातिथ्थता रहेकाे थियाे । गाउपालिका खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शाही, पुर्व जिल्ला खेलकुद बिकास समितिका काेषाध्यक्ष कुशल बहादुर शाही लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे । पाचाै पालिका स्तरकाे राष्टपति रनिङ सिल्ड प्रतियाेगिता पंगेलिमा गर्न बिधालय तयार रहेकाे समेत बि ब्य स अध्यक्ष दल बाेगटीले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया