हुरेन्डेकले गर्याे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कालीकोटः  लामो समयदेखि समाजिक समाज रूपान्तरणको क्षेत्रमा काम गदै आइरहेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले बिजया दशमी तथा शुभ दिपावली २०८० काे पावन अबसरमा   शुभकामना आदान प्रदान कार्यक्रम संचालन गरेकाे छ ।
हुरेन्डेक नेपालका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाकाे सभाध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे । हुरेन्डेक नेपाल कालिकाेटबाट संचालित विभिन्न परियाेजनामा कार्यरत कर्मचारी सामुदायिक रेडियाे चंखेली  तथा हुरेन्डेक नेपालका  प्रतिनिधिहरुकाे उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम संचालन भएकाे हाे । स्थापना काल देखि हरेक बर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै अाएका छाै, सस्थामा कार्यरत कर्मचारी र सस्थाका सदस्यहरु बिच शुभकामना अादान प्रदान सगै सुमधुर सम्बन्ध रहिरहाेस भन्ने उदेश्यले संचालन गरिएकाे उपाध्यक्ष बुढाले बताउनु भयाे । समाबेसि दशै हाेस रुडिबादी दशै नहाेस सुख शान्ति हाेस महासचिव दिलिप कुमार शाहीले आग्रह गर्नु भयाे ।

तपाईको प्रतिक्रिया