सरस्वती मावि पचालझरना ८ भिट्टाले एक कार्यक्रमको आयोजना गरि अभिभावकहरु संग बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ विद्यालय व्यवस्थापन समिति गठन भए पश्चात् असल संस्कार सहितको गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसात गर्दै गरेका विविन्न कार्यहरुको लागि सफलताको एक वर्षको अवसर अभिभावकहरु संग अन्तरक्रिया कार्यक्रम गरेको हो । विव्यसले आफ्नो एक वर्षको कार्यकाल अवधिभर गरेका शैक्षिक , प्रशासनिक तथा समग्र विद्यालयको विकासका लागि गरेका विभिन्न क्रियाकलापहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गरि अन्तरक्रिया कार्यक्रम संचालन गरेकाे हाे । बिधालयले गरेका विभिन्न गतिविधिहरुको बार्षिक प्रतिवेदन पेशगरी विद्यालयको हितका लागि अझै गर्नुपर्ने सुधारात्मक कुनै नयाँ काम तथा अभिभावकहरुको रचनात्मक सुझाव लिदै वृहत्तर विकासकालागि गर्नुपर्ने कामको समीक्षा समेत गरिएको थियोे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशल बहादुर शाहीको सभापतित्व तथा वडा नम्बर ८ का वडाअध्यक्ष जयराम टमटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा गाउपालिका शिक्षा शाखा प्रमुख नमराज शाहीका साथै विभिन्न वडाका वडा अध्यक्ष ,पुर्व विव्यस अध्यक्ष लगायत सम्पूर्ण अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको थियाे ।

साझा रैबार । ३१ भाद्र २०८०, आईतवार १९:००