किशाेरकिशाेरी तथा युवा हरुकाे लागि जीवन उपयाेगि सीप सम्बन्धी ५ दिने तालिम मान्ममा सम्पन्न भएकाे छ । ब्यबसायिक योजना बनायर आफ्नो ब्यापार , ब्यबसाय, उधम संचालन गर्न लागिपरेका र गरिरहेका ३०
जना किशाेरकिशाेरी तथा युवाहरुलाई उनीहरुको व्यक्तिगत र ब्यबसायिक जीवनमा आई पर्ने विभिन्न समस्याहरुलाई समालाेचनात्मक तरिकाले केलाएर समाधान गर्न का लागि आबश्यक पर्ने १० वटा जीवन उपयोगी सिपहरु : आफुलाई चिन्ने सिप, प्रभावकारी संचार गर्ने सिप , अन्तरव्यक्ति सम्बन्धको सिप, सम्झाैता गर्ने सीप, निर्णय गर्ने, समालाेचनात्मक सोचाइको सिप, समस्या समाधान गर्ने सिप, संवेग तथा तनाव ब्यबस्थापन गर्ने सिप सिर्जनशील सोचाइको सिप, अनुभूति र समानुभुती ब्यक्त गर्ने सिप को बारेमा जानकारी गराउने उद्देश्यले तालिम संचालन भएको थियो। साथै तालिममा किशाेरकिशाेरी तथा युवाहरुकाे ब्यापार , ब्यबसाय, उध्धम संचालन, निरन्तरता, दिगोपनाका र अधिक आम्दानि बृदिका लागि थप बिषयबस्तु हरु जस्तै ; रोजगारी तथा उद्ममशिलता, बित्तिय ब्यबश्थापन सीप, हरित सिप, विपद र जलबायु परिबर्तनका असर र बच्ने उपायहरु, अनलाइन सुरक्षा, योन तथा प्रजनन् स्वस्थ र हिंसा दुर्ब्यबहार बाट कसरि बच्न सकिन्छ भन्ने बारेमा पनि सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो। सहि ब्यक्तित्व विकास संगै व्यक्तिगत र ब्यबसायिक जीवन सहज, सक्षम रुपमा संचालन गर्ने र आर्थिक रुपमा सशक्तिकरण गरि आफु र आफ्नो परिवार एवम समुदायबाट बाल बिवाह को अन्त्य गर्ने र गराउने उध्श्ये अनुरुप कालिकोट जिल्ला का नरहरिनाथ गाउपालिका, शान्नित्रबेणि गाउपालिका र रास्काेट नगरपालिकाका सिमान्तकृत दलित समुदाय र जाेखिममा रहेका किशाेरी तथा युवा महिलाहरुकाे लागि तालिम आयोजना गरिएको थियो। तालिम प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको आयोजना मा बाल बिवाह, छिटाे हुने विबाह र जवर्जस्ती गरिने विबाह राेकथाम परियाेजना अन्तर्गत संचालन भएकाे हाे । हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष वीरेन्द्र बहादुर बुढाले उद्घाटन गर्नु भएकाे थियोे । तालिमकाे सहजिकरण प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत का परियोजना संयाेजक झलक मान बिश्वकर्मा, बि ग्रुप बर्दियाका परियाेजना संयाेजक दिनेश कुमार चाैधरी र हुरेन्डेक नेपाल कालिकाेटका परियोजना संयाेजक शिव शंकर उपाध्यय र डम्बर बाेहराले गर्नु भएकाे थियाे । भने तालिम पश्चात सबै सहभागीहरु ले आफ्नो सम्बन्धित ठाउँ मा फर्कियर आफनो ब्यबसायिक योजना अनुरुप ब्यबसाय, उधम र सिपको प्रयोग गरि आम्दानि बृदि गर्ने र आफ्नो घरपरिवार र समुदाय बाट बालबिबाह अन्त्य गर्ने अभियान मा लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। तालिम भदाै २५ गते उद्घाटन भई भदाै २९ गते समापन गरिएकाे थियाे ।
किशाेरकिशाेरी तथा युवा हरुकाे लागि जीवन उपयाेगि सीप सम्बन्धी ५ दिने तालिम मान्ममा सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । २९ भाद्र २०८०, शुक्रबार १८:३७