बालबालिकाकाे लागि लगानी बिश्लेषण तथा पैरवी याेजना बिषयक २ दिवसीय कार्यशाला सम्पन्न भएकाे छ । प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान सिजपकाे आयाेजनामा असार ११ गते साेमबार सुरु भएकाे कार्यशाला मगलबार सम्पन्न भएकाे हाे ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेट, सामाजिक जागरण तथा बिकास प्रतिष्ठान सादा नेपाल कालिकाेट र आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लामा बाल बिबाह छिटाे बिबाह र जबजस्ति बिबाह न्युनिकरण परियाेजनामा कार्यरत कर्मचारी सस्थाका सदस्य तथा कार्यक्रम सचालन भएका पालिकाका शिक्षा शाखा कर्मचारीहरुकाे सहभागितारहेकाे थियाे । बालबालिका सम्बन्धि ऐन नियमावलि तथा रणनिति,बालबालिकामा लगानि अबधारण तथा आधार,ब्यबस्था,अबस्था,र आगामि प्राथमिकता,बाल अधिकारका मुलभुत सिदान्त र बालबालिका लक्षित बजेट बिश्लेषणका बारेमा जानकारी दिने उदेश्यले कार्यशाला गाेष्ठिकाे आयाेजना गरीएकाे थियाे ।
कार्यशलामा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीकाे सभाध्यक्षतामा संचालन भएकाे थियाे । कालिकाेट जिल्लाका प्रमुख जिल्ला अधिकारी जाेरासिह माझि कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यशालामा बालबिबाह छिटाे बिबाह जवर्जस्ति बिबाह न्युनिकरण परियाेजनाका प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेना र परियाेजना संयाेजक झलक बिश्वकर्माकाे सहभागिता रहेकाे थियाे ।
कर्णालिका समुदायकाे चेतना स्तर बिकास र समृद्दिका लागि सघं सस्थाहरुकाे महत्वपुर्ण भुमिका रहेकाे छ,बालबिबाह छिटाे बिबाह र जबजस्ति न्युनिकरणमा संघ सस्थाहरुकाे काम अतुलनिय रहेकाेर कालिकाेट जिल्लाकाे सन्दर्भमा क्रमिक रुपमा कमि आएकाे प्रमुख जिल्ला अधिकारी माझिले बताउनु भयाे । कार्यशालाकाे सहजिकरण बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान सिजपका प्रबन्धक आत्माराम थापाले गर्नु भएकाे थियाे ।
बालबालिकाकाे लागि लगानी बिश्लेषण तथा पैरवी याेजना बिषयक २ दिवसीय कार्यशाला सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १३ असार २०८०, बुधबार १५:३१