बालबालिकाकाे कार्यसिमितताका लागि पहिचान तथा लेखा जाेखा सम्बन्धी ४ दिवसीय क्षमता बिकास तालिम सम्पन्न भएकाे छ । प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान सिजवकाे आयाेजनामा असार ७ गतेबाट सचालन भएकाे तालिम आईतबार सम्पन्न भएकाे हाे ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेट, सामाजिक जागरण तथा बिकास प्रतिष्ठान सादा नेपाल कालिकाेट र आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लामा बाल बिबाह छिटाे बिबाह र जबजस्ति बिबाह न्युनिकरण परियाेजनामा कार्यरत कर्मचारी सस्थाका सदस्य तथा कार्यक्रम सचालन भएका पालिकाका शिक्षा शाखा कर्मचारीहरुकाे सहभागितारहेकाे थियाे ।
अपांगता सम्बन्धी अबधारणा बिचार र ब्यवहार,अपांगता सम्बन्धी ऐन नियम, समाबेशी शिक्षा,समाबेशी शिक्षाकाे अबधारणा महत्व र बिधमान सिमाहरु,शिक्षामा लैगिक समानता र सामाजिक समावेशिकरणका बारेमा जानकारी दिने उदेश्यले तालिम संचालन गरीएकाे हाे ।तालिम अबधिभर रामलाल धामिले तालिमकाे सहजिकरण गर्नु भएकाे थियाे ।तालिममा पलान ईन्टरनेशनल नेपालका परियाेजना संयाेजक झलक बिश्वकर्माकाे उपस्थिति रहेकाे थियाे ।
बालबालिकाकाे कार्यसिमितताका लागि पहिचान तथा लेखा जाेखा तालिम मान्ममा सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ११ असार २०८०, सोमबार ०७:५०