बालविवाह राेक्न हस्ताक्षर अभियान सुरु

लालीगुराँस महिला विकास वचत तथा ऋण सहकारी संस्थाले सान्नीत्रिवेणी गाउँपालिकाकाे १,२ र ३ मा सेयर सदस्यहरुको घर परिवारमा बालविवाह निषेधित सहकारी सस्था घाेषणाकाे लागि हस्ताक्षर संकलन,जनचेतनामूलक कार्यक्रम गरिएको छ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारिमा सचालित बाल बिवाह छिटाे बिवाह र जबर्जस्ति बिबाह  न्युनिकरण परियाेजनाले बाल बिवाह निशेधित सहकारि घाेषणा गर्न लागिएकाे हाे ।

प्लान ईन्टर नेश्नल नेपालकाे आर्थिक सहयोगमा सान्नीत्रिवेणाी गाउँपालिकाकाे वडानम्वर १,२ र ३ मा सेयर सदस्यहरुको घर पुगि हस्तान्तरण संकलन गरि सचेेतनाजगाउन कार्यक्रम गरिएको छ।
२० वर्ष उमेर नपुगी गरिने बालविवाह लाई राेक्न हस्ताक्षर संकलन सुरु गरिएको छ ।
गाउँपालिकामा हुरेडेक नेपालले बालविवाह राेक्न विभिन्न कार्यक्रम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया