नरहरिनाथलाई बालबिबाह निषेधित गर्ने हस्ताक्षर सकलन अभियान सुरुवात

नरहरिनाथ गाउपालिकाकालाई बालबिबाह निषेधित पालिका बनाउनका हस्ताक्षर सकलन अभियान सचालन गरिएकाेछ । प्लान ईन्टर नेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा सचालित बाल बिबाह,छिटाे बिबाह र जबर्जस्ति बिबाह न्युनिकरण परियाेजना अन्तगत हस्ताक्षर कार्यक्रम सुरुवात गरिएकाे हाे । हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाकाे अध्यक्षता नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बिष्टकाे प्रमुख आथित्यता र पालिका उपाध्यक्ष कमल कुमार शाहकाे विशेष अाथित्यता रहेकाे अन्तक्रिया कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु पालिका स्थित बिषयगत शाखाका प्रमुख प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । अन्तक्रिया कार्यक्रमले पालिकाले कार्यबिधि बनाएर ३ नम्बर वडालाई बालबिबाह निशेधित वडा घाेषणा गर्नेका लागि हस्ताक्षर अभियान सुरुवात गरिएकाे छ । कार्यबिधि कार्यपालिकाबाट पास गर्ने तयारिमा जुटिरहेका छाै,तत्काल ३ नम्बर वडा निषेधित गराउने तयारि रहेकाे अध्यक्ष बिष्टले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया