परियाेजना थप गर्ने स्थानियकाे माग

कालिकोटका स्थानीय तहमा रहेका अतिविपन्न,गरिब तथा मासिक ५ हजार भन्दा कम आयश्रोत हुने परिवारका सदस्यहरु छनौट गरी भ्यालु भौचर वितरण गरिएको परियाेजना संयाेजक धुब्र सुनारले बताए । खाँडाचक्र नगरपालिका वडा नं. ८ का ५७ जनालाई बिहिवार भ्यालु भौचर वितरण गरिएको हो । ११ हजार १ सय रकम बराबरको आवश्यक खाद्यान्न उनिहरुको माग अनुसार मगाइएको हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताएका छन् । बुढाका अनुसार जिल्लाका अन्य स्थानीय तहमा पनी नागरिकहरुको सल्ला सुझाव अनुसार आवश्यक सामाग्री खरिद गर्दै भ्यालु भाैचर मार्फत राहतका समान दिदै आएकाे र दिने बताएका छन् ।

अति विपन्न,गरिब तथा अपांग असाय र एकल महिलाहरुका लागि भकारी कार्यक्रमले राहत स्वरुप विभिन्न समयमा सहयोग गदै आएको प्रशासन तथा लेखा अधिकृत दिपेन्द्र बढुवालकाे भनाई छ । लेखा अधिकृत बढुवालका अनुसार ६ लाख,३२ हजार,७ सय बराबरकाे राहत बितरण गरिएकाे छ । राहतका सामान लिन आएका नागरिकहरु हर्षित देखिएका छन् । याे राहतले ३/४ महिना सम्म खान पुग्ने बताउदै आगामि दिनमा सहयाेगकाे अपेक्षा राखेकाे नागरिककाे भनाई छ ।

स्थानीय सरकारका जनप्रतिनिधिले सहयोगी निकायहरुलाई काममा अप्ठारो नपर्ने गरी काम गर्ने र सधैभरी साझेदार संस्थाहरुलाई साथमा लिएर स्थानीय तहका कामकाज गर्ने बताउदै छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकाेटका सदस्य हस्त चाैलागाँई (त्रिकाल) हुरेन्डेक नेपालका कर्मचारी, परियाेजनाका तथा मर्सिकाेरका कर्मचारीहरुकाे उपस्थित रहेकाे थियाे ।

 

तपाईको प्रतिक्रिया