बृहत् याैन तथा प्रजनन सम्बन्धी शिक्षकलाई तालिम सुरु

बिधालय स्तरमा किशाेरकिशाेरीहरुमा उमेर अनुकुलनकाे याैन तथा प्रजनन स्वास्थ्य लगाएतका याैन सम्बन्धी वैज्ञानिकरुपमा सहि,प्रमाणमा आधारित र सस्कृति सुहाउदाे ज्ञान तथा बिभिन्न सम्बन्धलाई ब्यबस्थापन गर्ने सिप सिकाएर  उनिहरुकाे स्वास्थ्य लगाएत समग्र जिवनमा आउन सक्ने जाेखिमबाट बचेर स्वस्थकर जीवन यापन गर्न सक्षम बनाउनका लागि बृहत् याैन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी बिध्यालय शिक्षकलाई ५ दिने तालिम मान्ममा उद्घाटन गरिएकाेछ ।

प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे सहजिकरणमा बाल बिबाह, छिटाे बिबाह तथा जबर्जस्ति बिबाह न्युनिकरण परियाेजना अन्तर्गत तालिम संचालन गरिएकाे हाे ।

तालिममा नरहरिनाथ गाउपालिका,शान्नि त्रिबेणि गाउपालिका र रास्काेट नगरपालिकाका १५ जना स्वास्थ्य बिषय पढाउने शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे । तालिम अबधिभर सहजिकरण सागर बुढाथाेकिले गर्ने बताईएकाे छ ।

तपाईको प्रतिक्रिया