ओखरका बिरुवा बितरण गर्दै राष्काेट

कालिकाेट                                                                   हामी बनाउछौ हाम्रो नगर भन्ने मुल ध्यायका साथ रास्काेट नगरपालिकाले एक घर एक ओखरको बिरूवा वितरण कार्यक्रम  सचालन गरेकाेछ । नगरपालिका वडा नं.५ र ७ का कृषकहरूलाई घर बगैँचा स्थापनाका लागि ओखरका कलमी बिरुवा उपलब्ध गराएकाेहाे । नगर प्रमुख धर्मराज शाहीले बिरुवा बितरण गरेर कार्यक्रमकाे सुरुवात गरेका थिए।
क्रमश गते नगरपालिकाका वडा नं. १,२,३ र ६ मा वडा कार्यालयबाट बिरूवा वितरण गरिने जानकारी गरिने बताईएकाेछ ।
ओखर दिगो आम्दानीको श्रोत भएकाले रास्कोटका सबै नागरिकको घरमा अनिवार्य विरूवा लगाउनु पर्ने नगरपालिकाले निति लिएको नगर प्रमुख शाहीले बताए। आर्थिक सहयाेग राष्काेट नगर सरकारकाे र कृषि शाखा रास्काेटले प्राबिधिक सहयाेग गरेकाे बताईएकाे छ ।

तपाईको प्रतिक्रिया