बिहेवारी बीस बर्षपारी शिर्षकमा बक्तित्वकला अायाेजना गरि नारीदिवस सम्पन्न

कालिकाेट फागुन २४
लैङिगक समानताकाे बलियाे अाधार सिर्जनात्मक प्रबिधिमा महिला पहुचकाे बिस्तार भन्ने नाराका साथ शान्नि त्रिबेणि गाउपालिकामा ११३ अाै अन्तराष्टिय नारी दिवस सम्पन्न भएकाे छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कार्यलय कालिकाेटकाे अायाेजना तथा प्लान नेपालकाे अार्थिक सहयाेग र हुरेन्डेक नेपाल कालिकाेट, सादा नेपाल कालिकाेट र फेडाेकाे साझेदारीमा दिवस सम्पन्न भएकाे हाे । शान्नि त्रिबेणि गाउपालिका उपाध्यक्ष पार्वत सिह सज्यालकाे प्रमुख अातिथ्थतामा सम्पन्न भएकाे थियाे । पुर्व गाउपालिका अध्यक्ष डम्बर बहादुर शाही प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहीकाे विशेष अाथित्थता रहेकाे कार्यक्रममा पालिकाका सबै वडाहरुबाट लैङिग समानता छाउपडि प्रथा अन्त्य लगायतका बिषयमा सहभागिहरुले देउडा गित प्रस्तुत गरेका थिय । महिला सज्जालका अध्यक्ष अमना सज्यालकाे सभा अध्यक्षतामा सचालन भएकाे थियाे । प्रमुख अतिथि प्रमुख अतिथि सिह सज्याले कार्यक्रममा बाेल्दै भन्नु भयाे नारी दिवस उत्सबका नभई अधिकार प्राप्तिकाे अावाजका हाे, महिलालाई सीप मुलक काममा लैजाने अायअार्जमा जाेडदिनु पर्ने र महिला शशक्तिकरण सम्बन्धि काम गर्नु पर्ने बताउनु भयकाे छ । सम्पुर्ण सस्थाहरुलाई दिबस सफल पार्नका लागि सहयाेग र सहजिकरण गरिदिएकाेमा धन्यबबाद समेत दिनु भएकाेछ । हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारी तथा प्लान नेपालकाे अार्थिक सहयाेगमा पालिकामा किशाेर किशाेरीहरुका लागि छिटाे बिबाह, जबर्जस्ति बिबाह न्युनिकरण तथा नेतृत्व र क्षमता बिकास कार्यक्रम सचालन भईरहेकाे छ । कार्यक्रमकाे अायाेजना महिला सज्जाल शान्नि त्रिबेणिले गरेकाे थियाे । यस्तै नरहरिनाथ गाउपालिकामा पनि नारि दिवस सम्पन्न भएकाे छ । दिवसमा सभाअध्यक्ष गाउपालिका उपाध्यक्ष कमलकुमार शाह प्रमुख अतिथी गाउपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत भलाराम पगालि रहनु भएकाे थियाे । दिवसमा बक्तित्व कला देउडा प्रतियाेगिता र सडक नाटक तथा र्यालि सम्पन्न गरेकाे बताईएकाे प्लान ईन्टनेश्नल नेपालकाे अार्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेट , किर्डाक नेपाल कालिकाेट, सादा नेपाल कालिकाेट, फेडाे, अाईयनयफ नेपाल , साहास नेपाल, सेडा नेपाल, पेश नेपाल जुम्लाकाे समन्वय रहेकाे र अायाेजक नरहरिनाथ गाउपालिकाे रहेकाे बताईएकाे छ । राष्काेट नगरपालिकामा पनि नारि दिवस सम्पन्न भएकाेछ । सभाअध्यक्ष महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख सरस्वति वलि रहनु भएकाे थियाे । प्रमुख अतिथी नगर प्रमुख धर्मराज शाही विशेष अतिथि नगर उपप्रमुख मनिराज बराल रहनु भयकाे थियाे । नारीदिवसमा सडक नाटक, बक्तित्वकला, देउडा प्रतियाेगिता सम्पन्न भएकाे थियाे । बिबेवारि बीस बर्ष पारि भन्ने शिर्षकमा सहभागिहरुले अाफ्ना भनाई राखेका थिए । महिला हिस्सा न्युनिकरणमा हाम्राे भुमिका भन्ने शिर्षकमा अाधारित रहि बडिमालिका महिला कृर्षि सहकारि सस्था लगाएतले सडक नाटक प्रस्तुत गरेका थिय । सडक नाटकमा बडिमालिका महिला कृषि सहकारी सस्थाले प्रथम स्थान हासिल गरेकाे रास्काेटबाट अपेक्षा चन्द शाहीले साझा रैवारलाई जानकारीदिनु भएकाे छ।

तपाईको प्रतिक्रिया