कालिकोट – कर्णाली करिडोर सडकखण्डको रेगिल नजिक स्काई भेटर डाेजर पल्टिदा २ जनाकाे मृत्यु भएकाे छ ।
फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे डाेजर कर्णाली नदिमा दुर्घटना हुँदा २ जनाकाे मृत्यु ३ जना नदिमा बेपत्ता र ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएकाे छ।
उक्त दुर्घटनामा घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार र बेपत्ताकाे खाेजि कार्य भइरहेकाे जनाइएको छ।
साझा रैबार । २४ मंसिर २०७९, शनिबार १७:५२