कालिकाेट असाेज १८ कालिकाेट जिल्ला पचालझरना गाउपालिका र राष्काेट नगरपालिका जाेड्ने काठे पुलकाे उद्घाटन गरिएकाे छ ।
रामाराेशन रारा जाेड्ने हुलाकि सडक निमाण क्रममा फुगाड खाेलाकाे मानिस आवत जावत गर्नुे पुल अबराेध भएकाे थियाे । अबराेध सगै पैदल यात्रि तथा माेटर साईकल सवारलाई खाेला वारपार गर्न निकै कष्ठकर भएकाे थियाे । गएकाे तीन साता अघि बाजुरा जगनाथ गाउपालिका बाट राष्काेट नगरपालिका माईति भेट्न जाने क्रममा खाेला तर्न नसकेर एक महिलाकाे मृत्यु भएकाे थियाे । त्यस लगतै राष्काेट नगरपालिकाले अस्थाई रुपमा आवत जावत गर्नका लागि पाच लाख बरावरकाे काठे पुल निर्माण गरि उद्घाटन गरिएकाे छ । राष्काेट नगरपालिकाका प्रमुख धर्मराज शाहिले साे पुलकाे उद्घाटन गर्नु भएकाे हाे । कार्यक्रममा राष्काेट नगरपालिका ९ का वडा अध्ययक लगायत स्थानियकाे सहभागिता रहेकाे जनाईएकाे छ ।
बेलिब्रिज जस्तै देखिने काठे पुलकाे उद्घाटन
तपाईको प्रतिक्रिया

साझा रैबार । १८ आश्विन २०७९, मंगलवार १८:३०