गरिवकाे दुख झल्काउने देउडा गित लाेकप्रिय बन्दै

कालीकोट भदौ २५ गते । कालीकोट पलाँताका बिनोद कुमार न्यौपाने स्वास्थ्यक्रर्मीले परिचित हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा एचए पास गरेर दुर्गमका नागरिकको उपचारमा खटिदै आउनु भएका न्यौपाने पछिल्लो समय कलाकारिता क्षेत्रमा पनि चर्चित बनिरहनु भएको छ । पछिल्लो समय न्यौपानेले प्रदेशीको कर्म देउडा गित वजारमा ल्याउनु भएको छ ।

पलाँता गाउँपालिका वडा नं २ मा जन्मीनु भएका बिनोद कुमार न्यौपाने स्वास्थ्य कर्मका वेला दुर्गमका वस्ती चाहर्दै जादा गरिबका दुःख ले मन थाम्न नसकेर शब्द मार्फत पोखेको बताउनुहुन्छ । उहाँले प्रदेशीको कर्म देउडा गितमा वास्तविक गरिबको वेदना पस्कीनु भएको छ । गरिव हुनु खासै दुख होइन, समाजमा गरिव धनि स्वभाविक नै हुन्छन । तर गरिव भएकै कारणले काम नपाउनु, रोजगारीका सबै अवसरवाट वन्चीत हुनु हुनेखानेले अमानबिय ब्यवहार गर्नु दुखःद कुरा हो ।

गरिवका ति पिडालाई गायक न्यौपानेले देउडा गित मार्फत पस्कीनु भएको छ । आफ्नै रचना तथा लय र स्वर मात्र होइन अभियन समेत गरेर न्यौपानेले कर्णाली र सुदुरपश्चिमका गरिवको पिडा ओकल्नु भएको छ । ठाडी भाकाको देउडामा गरिव भएकै कारणले सरकारी जागिर नपाएको, लिखितमा राम्रो अंक ल्याएपनि पैसा र भनसुनको अभावले सफल्ता निजिक पुगेको रोजगारी गुमाईएको तथ्य झल्काईएको छ ।


कुनै पनि हालतमा रोजगारी नपाएपछि कि श्रीमतीले बिदेशीनु पर्ने कि त श्रीमानले बिदेशी भुमिमा गएर वालवच्चाको लालन पालन गर्नु पर्ने, गरिवीकै कारणले वालबच्चा शिक्षा वाट वञ्चीत हुनु पर्ने समाजको यर्थातलाई देउडा मार्फत पोखिएको छ । कलाकार तथा स्वास्थ्यक्रर्मी न्यौपाने २०७२ साल यता कलाकारितामा प्रवेश गर्नुभएको हो । उहाँले सबै भन्दा पहिला आफ्नै गाउँपालिका केन्द्रीत देउडा खस भाषाको पलाँताको छोट्या गित सार्वजनिक गर्नुभयो ।

त्यस लगतै सम्झना आउछ उनको घरिघरि, सम्झनामा सर्मपन, पानी बिनाको माछी, लोक पप कालीलाई हेरेको, दशै तिहार शुभकामना वजारमा आएका छन । यस्तै स्वास्थ्य क्षेत्रमा केन्द्रीत गित कुपोषण घटाउन, म छु तिर्खाएको देउडा गित लगाएतका १३ वटा गित वजारमा आएका छन । न्यौपानेले स्वास्थ्य कर्मसंगै साँगिती यात्रा पनि सँगै अगाडी वढाउनु भएको छ । यो देउडा निकै लोकप्रिय वनिरहेको छ ।

तपाईको प्रतिक्रिया