कालिकाेट जिल्ला पचालझरना गाउपालिका वडा नम्बर ७ स्थित श्री कालिका देवी आधारभुत बिधालय नानिकाेटकाे अविभावक भेेला सम्पन्न भएकाेछ । विधालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर राेकायाकाे अध्यक्षता, पचालझरना गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कल बहादुर ऐडीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । वडा नम्बर ७ का अविभावक र विधार्थीहरुकाे सहभागिता रहेकाे थियाे । कक्षा पाच,सात र आठ कक्षाका बिधार्थीहरुलाई थप कक्षा संचालन गर्ने,बिधार्थीहरुकाे नियमीत जानकारी लिनका लागि हेेलाे अविभावक कार्यक्रम संचालन गर्ने र पढाइ कुना कार्यक्रम संचालन गर्ने निर्णय गरिएकाेछ । पचालझरना गाउपालिकाकाे शैक्षिक रुपान्तरण कार्यक्रमलाई टेवा पुगाेस भन्ने उदेश्यका साथ कार्यक्रमहरु संचालन गर्न लागिएकाे प्रधानाध्यापक दिल बहादुर शाहीले जानकारी दिनु भयाे ।
पढाईकुना कार्यक्रम लाई सबै बिधार्थीले सुरुवात गरे नगरेकाे शिक्षक अविभावक संघ र बिधालय ब्यबस्थापन समितिले नियमित अनुगमन गरि बिधालय प्रशासनलाई जानकारी दिने समेत निर्णय पारित गरिएकाे छ ।
पढाइकुना र हेलाे अविभावक कार्यक्रम कालिका आ बि नानिकाेटले सुरु गर्दै
तपाईको प्रतिक्रिया

साझा रैबार । १ मंसिर २०८२, आईतवार १५:०८