तेस्राे जिल्ला स्तरिय युवा भेला मान्ममा सम्पन्न भएकाे छ । प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे आयाेजना जिल्ला युवा सञ्जाल कालिकाेट र किर्डाक नेपाल कालिकाेटकाे सहकार्य र जिल्ला समन्वय समिति कालिकाेटकाे समन्वयमा भेला सम्पन्न भएकाे हाे ।
हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष गाैरी कुमारी शाहीकाे सभाध्यक्षतामा संचालन भएकाे भेलामा समन्वय प्रमुख धनजित शाहीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । जिल्ला स्थित राजनितिक दलका पाटि प्रतिनिधि, पत्रकार जनप्रतिनिधि, कालिकाेट स्थित ९ वटै स्थानिय तहका युवाहरुकाे सहभागिता रहेकाे थियाे । दुई दिन सम्म संचालन भएकाे युवा भेलामा रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाही र नरहरिनाथ गाउपालिकाका उपाध्यक्ष कमल कुमार शाह र जिल्ला स्थित राजनितिक दलहरुका प्रतिनिधिहरु सग युवा सम्वाद कार्यक्रम संचालन गरिएकाे थियाे । संबाद कार्यक्रममा प्रश्न गर्दै स्थानिय तहमा युवा लक्षित कार्यक्रहरु के के छन ? युवाहरुलाई उधम सग जाेड्ने याेजना के छ ? लगाएतका प्रश्नहरु राखेका थिए ।
समापन कार्यक्रममा बाेल्दै प्लान ईन्टरनेश्नल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलिले नव गठित युवा संञ्जाललाई धन्यबाद दिदै समाजमा गाडिएर रहेकाे बाल बिबाह, लैगिक हिस्सा, जातिय छुवाछुत लगाएतका कुप्रथाकाे बिषयमा चेतनामुलक कार्यक्रम संचालन गर्न सबै युवाहरुलाई आग्रह गर्नु भयाे ।
नेपालकाे संविधान राष्टिय नीति २०७२ तथा युथ भिजन २०२५ लाई आत्म साथ गर्दै युवा नीति तथा कार्यक्रम सम्बन्धि लिस्वन घाेषणा पत्र १९९८ लाई स्मरण गर्दै नेपालकाे दिगाे विकास लक्ष्यमा हाल सम्म गरेकाे प्रगति तथा प्रतिबध्दतालाई सम्मान गर्दै १५ बुदे जिल्ला स्तरिय युवा भेलाकाे घाेषणा पत्र तयार पार्दै भेला सम्पन्न भएकाे हाे । सत्या उपाध्ययकाे नेतृत्वमा १५ सदस्थिय जिल्ला युवा सञ्जाल गठन गरिएकाे थियाे । युवाकाे अर्थ पुर्ण सहभागिता,नेतृत्वलाई सुनिश्चित, युवाहरुलाई लागू आैषध दुव्यसनिबाट बच्न ,जीवनपयाेगि सीप विकास तालिम चेतनामुलक कार्यक्रम संचालन लगायतका बुदाहरु समेट्दै जिल्ला प्रशासन कार्यलय कालिकाेटमा ज्ञापन पत्र बुझाईएकाे थियाे ।
साझा रैबार । ८ फाल्गुन २०८१, बिहीबार ११:४३