खाध्यन्न बिक्री तथा रैथाने वाली खरीद सम्बन्धि सम्झौता सम्पन्न ।

रास्कोट नगरपालिका र खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेड अर्थात साविक खाद्य सस्ंथान संग समझदारी पत्रमा हस्ताक्षर गरीएको छ । रास्कोट नगरपालिका र रास्कोट आसपासका स्थानिय तहहरुमा उत्पादित रैथाने वालीहरुको खरीद तथा विक्री गर्ने र सम्झौता अनुसार केही दिनमा रास्कोट नगरपालिकाको केन्द्र बिन्दु आरसिपि बजारमा खाद्य तथा व्यापार कम्पनि लिमिटेडले कर्मचारी ब्यबस्थापन सहित कार्यलय स्थापना गर्ने बताईएको छ । लिमिटेडले खाद्यन्न चामल,दाल,दाल,तेल चिनी जस्ता दैनिक उपभोग्य समानहरु सस्तो तथा सुलभ मुल्यमा खरीद गर्ने उदेश्य लिएको कम्पनीका प्रतिनिधिहरुले बताएका छन । यस क्षेत्रमा उत्पादन हुने अर्गानिक बस्तुहरु कोदो,मकै,फापर,चिनो सिमी लगाएतका खाध्यन्न बस्तुहरुको उत्पादन, संरक्षण,हुनुुका साथै राष्टिय तथा अन्र्तराष्टिय बजार सम्म पुर्याउने र दिर्घकालीन आर्थिक रुपमा यहाका सुमदायहरुलाई लाभ हुने उदेश्यले सम्झौता गरीएको नगर प्रमुख धर्मराज शाही (पोषण)ले बताउनु भयो ।

तपाईको प्रतिक्रिया