बालबालिकामा लगानि सुनिश्चित भबिश्यकाे थालनि भन्ने नाराका साथ रास्कोट नगरपालिकामा ६०औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाईएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम संचालन गरिएकाे हाे । रास्कोट नगरपालिकामा क्रियाशील संघसंस्थाको हुरेन्डेक नेपाल,सादा नेपाल,साहास नेपाल लगाएतका संघ संस्थाहरुले सहयाेग तथा समन्वय गरेका थिए । कार्यक्रमकाे अध्यक्षता शिक्षा शाखा प्रमुख खेमराज शाहीले गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख धर्मराज शाही,विशेष अतिथि नगर उपप्रमुख मनिराज बराल रहनु भएकाे थियाे । रास्काेट नगरपालिकाका माध्यमिक तहस्तरीय वक्तित्वकला प्रतियोगिता, आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता र कक्षा १ -३ र कक्षा १-५ छात्र छात्रा हिसाब दौड प्रतियोगिता सँगै विभिन्न सांस्कृतिक नित्य प्रस्तुत गर्दै दिवस सम्पन्न गरिएकाे हाे । वक्तित्वकला प्रतियोगिता तर्फ विकास तिरुवा बडीमालिका माध्यमिक विद्यालय-प्रथम,देवराज फडेरा कालासील्ला मावि- द्वितीय सुस्मा शाही-मोतिराम मावि-तृतीय स्थान प्राप्त गरे हाजिरिजवाफ प्रतियोगिता तर्फ बड़ीमालिका मावि – प्रथम ,जनजागृति मावि- द्वितीय,पञ्च आ वि तोली- तृतीय,हिसाब दौड छात्रतर्फ १-५रिजन न्यौपाने बड़ीमालिकामावि -प्रथम,जनजागृति मावि- द्वितीय मङ्गलादेवी आवि -तृतीय,हिसाब दौड छात्रातर्फ १-५पार्वती न्यौपाने पञ्च आधारभूत विद्यालय -प्रथम,कालिका आधारभूत विद्यालय-द्वितीय,बडिमालिका मावि -तृतिय स्थान प्राप्त गरेका थिए । दिवसमा प्लान ईन्टर नेश्नल नेपालकाे आर्थिक सहयाेग हेरेन्डेक नेपाल कालिकाेटकाे सहजिकरणमा संचालित सशक्त बालिका परियाेजना अन्तगत रास्काेट नगरपालिका वडा नम्बर ६ र ७ का ५० जना बालबालिकालाई पढाइ कुनाका लागि टेवल र्याक,नेपालकाे नक्सा, शिशाकलम, कटर म्याजिक बाेर्ड लगायत स्टेशनरि समाग्री नगर प्रमुख शाहीले हस्तान्तरण गर्नु भएकाे थियाे । बालबालिका भनेका नर्सिरिमा राखेकाे ब्याड जस्तै भएकाले उनिहरुलाई पालन पाेषण तथा शिक्षामा लगानि गरे मात्र भबिष्य राम्राे हुने भएकाले नगर सरकार विभिन्न संघ सस्थाहरु बाल बिकासकाे कार्यक्रमहरुमा केन्द्रित रहेकाे नगर प्रमुख शाहीकाे भनाईरहेकाे थियाे ।
बाल दिवसकाे अबसरमा ५० जना बालबालिकालाई पढाइ कुनाकाे सामग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
साझा रैबार । ३० भाद्र २०८१, आईतवार ०७:२१