किशोरी आफै बालबिबाह बिरुद्दकाे सचेतना फैलाउदै,बालबिबाह मुक्त वडा घाेषणाकाे तयारीमा जुट्न पर्ने अध्यक्ष याेगी ।

रास्काेटका किशाेरीहरु बाल बिबाह बिरुद्दकाे सचेतनाकाे लागि घर दैलाे तथा र्यालि कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन । शनिवार रास्काेट नगरपालिका वडा नम्बर ३ काे कुमालवाडा टाेलमा बाल बिबाह राेकथाम सम्बन्धिका नारा लेखिएका प्लेकाड सहित घरघरमा पुगेकि छन । घरदैलाे भेटघाट तथा र्यालि पछिकाे काेण शभा कार्यक्रममा वडा बालअधिकार समितिका संयाेजक तथा वडा अध्यक्ष राजेन्द्रनाथ याेगीले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई राेक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयाे । याेगिले समुदाय मा विभिन्न सचेतना कार्यक्रम संचालनका लागी गैर सरकारी संस्थाहरु ले धेरै सहयोग गरेको बताउनु भयाे। अब हामीले बाहिर एक भित्र अर्को ब्यबहार गर्ने सोच भए यो अभियानमा उपस्थिति हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । हामिले हाम्रो जिवनमा हाम्रो स्वास्थ्यको ख्याल गर्ने हो भने कानुनले बिबाह गर्न तोकेको उम्मेरलाइ ध्यान दिनुपर्ने हुन्छ। बालबिवाह बिरुद्ध का सचेतना कार्यक्रम लाइ वडा बाल अधिकार समिति ले टोल टोल मा लैजाने र आउने फागुन महिनामा बाल श्रम मुक्त वडा घोषणा को तयारी गरेको बताउनू भयो । बालबिवाह मुक्त वडा घोषणा को पनि हामिले तयारी गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयको हुरेन्डेक नेपालका फिल्ड सुपर भाइजर अनिता योगिले बताउनु भयो ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालिकाेटको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत किशोरी क्लबको आयोजना बालबिवाह बिरुद्ध को सचेतना अभिवृद्धि सम्बन्धी को र्याल कार्यक्रम रास्कोट वडा नं ९ मा पनि सम्पन्न भएकाे छ ।कार्यक्रममा किशोरी, बालक्लव का पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया