मुगुमा कर्मचारीबाट किशोरी बलात्कृत

ललित विष्ट
माघ २,कालिकोट ।
मुगुमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। प्रहरीदेखि सरकारी कर्मचारी र केही स्थानीयले बलात्कार गर्दा बालिकाको गर्भमा बच्चा बसेपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले पीडित किशोरीले आफूमाथि बलत्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

गत भदौमा भएको बलात्कारको घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप छ । बालिकाको गर्भमा भ्रूण हुर्किँदै गएपछि घटना सार्वजनिक भएको हो । डीएसपी थापाका अनुसार बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय सोही नगरपालिकाका नगर प्रहरी वसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका २२ वर्षीय वसन्त रोकाया लगायतविरुद्ध जाहेरी परेको छ ।

सुरुमा १४ वर्षकै किशोरहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको पीडितले बताएकी छन् । १० असोजमा नगर प्रहरी वसन्त कार्कीसहित वसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरी प्रमुख थापाले जानकारी दिए । बलात्कारपछि पेट दुख्ने लगायत समस्या देखापरेपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउन पुगेकी थिइन्। त्यहाँ जाँच गराउदा उनको गर्भमा बच्चा रहेको पाइएकोको थियो ।

बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन किशोरसहित नगर प्रहरी कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी रोकायालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको मुगुका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

पालैपालो करणी
आइतबार साँझतिर मुगुकी १४ वर्षीया किशोरी बलात्कृत भएको घटना बाहिरियो । ५ महिनाअघि घटेको घटनाको विषयमा किशोरीले आफ्नो पेटमा गर्भ बसिसकेपछि प्रतिवादीविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । पेट दुख्ने समस्या लिएर स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो ।

मुगुमा कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना गत भदौ र असोजमा बलात्कार भएकी किशोरीले जाहेरी दिएपछि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीले जाहेरीमा ९ जनाविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी छन्।

आरोपित ५ पक्राउ, ४ फरार

किशोरीले दिएको जाहेरीका आधारमा मुगु प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार, प्रकाउ पर्नेमा तीन जना नाबालक छन्। प्रहरीले नाबालकको परिचय गोप्य राखेको छ । यस्तै, पक्राउ पर्ने दुई युवकमा छायानाथ रारा नगरपालिका–५ बस्ने ३० वर्षीय वसन्तबहादुर कार्की र मुगुकै सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया रहेको प्रहरीले जनाएको छ । कार्की नगरपालिकामा कार्यरत नगर प्रहरी र रोकाया कृषि विकास कार्यालय, गमगढीका कार्यालय सहयोगी हुन्।

कसरी भयो घटना ?
मुगुको छायाँनाथ–रारा नगरपालिका–१४ घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसी कक्षा ७ मा पढ्दै आएकी थिइन्। पीडित बालिकाले आफूमाथि फरकफरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको उल्लेख गरी प्रहरीसमक्ष दुई छुट्टाछुट्टै जाहेरी दर्ता गराएकी छन्।

किशोरीले दर्ता गराएको एउटा बालकले गत भदौ १६ गते बेलुका अन्दाजी ९ बजे कोठामा बोलाएपछि आफू पुगेको बताएकी छन्। गमगढीस्थित ती बालकको कोठामा पुगेकी उनीमाथि ६ जनाले पालैपालो जबरजस्तीकरणी गरेका थिए । उनीमाथि बलात्कार गर्ने ती सबै १८ वर्षमुनिका छन्।

सोही करणीबाट आफ्नो पेटमा गर्भ बसेको दाबी बालिकाले गरेकी छन्। ‘हाल पेट दुखेपछि जिल्ला स्वास्थ्य सेवा कार्यालय, मुगुमा गई चेकजाँच गराउँदा मेरो पेटमा गर्भ रहेको कुरा थाहा पाएकी हुँ,’ उनले भनेकी छन्, ‘मेरो पेटमा रहेको गर्भ निज अन्यायीहरु मध्ये को– कसको हो, मलाई थाहा छैन। तर, मलाई काम छ भन्दै बोलाए, सबैले पालैपालो जबरजस्ती करणी गरे ।’

यस्तै, बालिकाले आफूमाथि १० असोजमा पनि अर्को सामूहिक करणी भएको जाहेरी दिएकी छन्। सोही दिनको राति ९ बजे छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्कीले आफू बस्ने कोठामा आएर ललाईफकाई एक छिन काम छ भनी बाहिर बोलाएको पीडितले बताएकी छन्।

बाहिर आएपछि कार्कीले आफ्नो हात समाई आफूसँगै हिँड्न लगाएर कृषि विकास कार्यालय भवनको एक कोठामा पु¥याएको उनले भनेकी छन्। उक्त कोठामा पुग्नेबित्तिकै कार्की, कृषि विकास कार्यालयका कार्यालय सहयोगी वसन्त रोकाया र त्यही कार्यालयका सवारी चालक पदमबहादुर कठायतले डरत्रास देखाई पालैपालो करणी गरेको पीडितको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया