क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोला सुक्रवार प्रहरी नियन्त्रणमा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोला सुक्रवार प्रहरी नियन्त्रणमा

 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोला सुक्रवार प्रहरी नियन्त्रणमा परेका छन ।

प्रवक्ता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोको ठक्करले दाङको राप्ती गाउँपालिका–५, का २९ वर्षिय बसन्तराम चौधरीको उपचारका क्रममा मृत्यु भएपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट सुर्खेततर्फ जादै गरेको अवस्थामा विपरित दिशातर्फ गइरहेको चौधरी सवार रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई बास्तोलाले चलाएको स्कार्पियोले ठक्कर दिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते चौधरीको थप उपचारका लागि स्वास्थ्य चौकी सिसहनियाँमा पर्याउदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । प्रवक्ता बाँस्तोलाको सुर्खेतको पञ्चपुरी नगरपालिका–९ स्थायी घर हो ।

तपाईको प्रतिक्रिया