दशै तिहारलाई लक्षित गर्दै रास्काेटमा बजार अनुगमन

जिल्लाको रास्कोट नगरपालिकाले विभिन्न ठाउँमा संचालनमा रहेका बजारहरुमा अनुगमनलाई तिब्रता दिएको छ ।नगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो ।

साथै चार्डवााडका बेला बजारमा अखाद्य वस्तु जताततै बिक्री हुने हुदा यसलाई नियन्त्रण गर्न नगर प्रमुख धर्मराज शाही लगायतको टोलिले मंगलबार नगरका खाद्य तथा मेडिकलहरूमा अनुगमन गरेको हो ।बजारमा विक्री वितरण भैरहेका समानको म्याद नागेका खाद्य वस्तुले विभिन्न किसिमका रोगहरू फैलिन नदिन बजार अनुगमन गरेको जनाईएको छ । रास्काेट नगरपालिकाकाे शान्तिघाट बजारमा अनुगमन गरिने बताईएकाे छ । रास्काेट नगरपालिकाकाे आरसिपि बजारमा म्याद नाघेका खाने तेल, चाउचाउ लगाएकाे बरामत गरिएकाे समान जिल्ला प्रशासन कार्यलय कालिकाेटकाे राेहवरमा नष्ट गरिने नगर प्रमुख शाहीले बताउनु भयाे ।

साथै नगरपालिकाले केहि दिनदेखि नगरमा दशै तियारलाई लक्षित गर्दै सुफत मुल्य पसल संचालन गर्ने समेत नगर प्रमुख धर्मराज शाहीले बताएका छ ।

 

तपाईको प्रतिक्रिया