कालिकोट – पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागी ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ ।
शुक्रवार गाउँपालिका केन्द्र पडेक्षामा ११ औँ गाउँसभा उद्धाटन कार्यक्रममा उपाध्यक्ष बविता बमले वजेट सार्वजनिक गरेकी हुन ।
गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मिना रावतको विषेश आतिथ्यतामा उद्घाटन भएको गाउँसभामा उपाध्यक्ष बमले निति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।
कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर बिश्वकर्माले बताए । शिक्षा, स्वास्थ्य र सडकलाई पुर्णता दिने गरी वजेट केन्द्रित रहेको बताए ।
गाउँपालिकाको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने प्रमुख प्रशासकिय अधिकृत बिश्बकर्माले बताए ।
कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,पुर्व उपाध्यक्ष तारा न्यौपाने राजनितिक दल लगायतको उपस्थिति रहेको थियो ।

साझा रैबार । ८ असार २०८०, शुक्रबार १९:०१