पचालझरनाले गर्याै जिल्लाकै पहिलाे सार्वजनिक सुनाई

कालिकोट पचाँलझरना गाउपालिकाको अर्धबार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गाउपालिका केन्द्र पडेक्षामा सम्पन्न भएको  छ  । गाउपालिका प्राङगढमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाको कार्यालयवाट प्रवाह हुने सेवासुबिधा र पालिकाको बहुसरोकारका  बिषयमा प्रमुख प्रसासकिय अधिकृत पुर्ण बहादुर बिश्व कर्माले अर्धबार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे  । पालिकामा रहेका बिषयगत साँखाको कामकार्वाहीको प्रगति प्रतिबेदन सार्वजनिक भए पछी सहभागी सेवाग्रहीले  प्रश्न गरेका थिए ।
सहभागीले गाउपालिकाको सेवाप्रवाहमा टीका टिप्पणी गर्दै , सामाजिक सुरक्षा भत्ता समयमा नपाएको , उपभोक्ता समिति मनोमानि गठन गरि काम दिने  गरेको , स्वास्थ्यका कर्मचारी वडासचिवमा काज पठाउन नहुने , बिगत लामो समय देखी गाउपालिकाबाट ठेक्का लिएर काम नगर्नेहरूको ठेक्का रद्व गर्ने ब्यवस्था गर्नु पर्ने ,गाउपालिका भित्रका सबै बन क्षेत्रको संरक्षणका लागि चोरी निकासी र आगलागी नियन्त्रण गर्ने ब्यवस्था मिलाउन माग माग गरेका छन  । पालिकाले अनुगमन प्रणालिलाइ ब्यवस्थित गर्नु पर्ने । शिक्षा प्रणालि सुधारका लागी समयमा पाठ्यपुस्तक ब्यवस्था गर्नु पर्ने , पालिकामा कर्मचारी भर्नामा बिश्वसनियता कायम गर्नु पर्ने  माग गरे ।उठेका सवालको गाउपालिका अध्यक्ष देबराज शाही अग्नि , उपाध्यक्ष अल्कीना बम , प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिश्वकर्मा लगाएतले जवाफ देिए । जवाफदेहीबक्ता रहेका वडा अध्यक्षहरू  वडा नं १ का अध्यक्ष बिर्ख लुवार , २ का अध्यक्ष करबिरे कामी  ३ का अध्यक्ष  कृपलाल कठाएत ४ का अध्यक्ष अनरूप रोकाया, ५ का कार्यवहाक अध्यक्ष गोबिन्द शाही , ६ का अध्यक्ष प्रभुजन सँज्याल , ७ का अध्यक्ष कल ब ऐडी , ८ का अध्यक्ष जयराज टमट्टा , ९ का अध्यक्ष ललिजन शाही लगाएतले  जवाफ दिएका थिए । पालिकाका साखाँ प्रमुख शिक्षा स्रोत ब्यक्ति नमराज शाहीले  शिक्षा क्षेत्रका सवालमा उठेका प्रश्नकाे जवाफ दिनु भयो ।प्रमुख   जवादेहीबक्ता पालिका अध्यक्ष  देवराज शाही अग्नि, उपाध्यक्ष  अल्किना बम , कार्यकारी पुर्ण बहादुर बिश्वकर्मा , लेखापाल चक्र ब खनाल , शिक्षा साखा प्रमुख    नमराज शाही , योजना कमल बम  लगाएतको सहभागिता थियो ।
रेडियो प्रदेश आवाजको सहजीकरणमा र पचाँलझरना गाउपालीकाको आयोजनामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
गाउपालिकाका रोजगार संयोजक  नमराज सँज्याल र अप्रेटर ईन्द्र खनालले सार्वजनिक सुनुवाइमा उठेका सवाल सुझाव र प्रश्नलाई संकलन गरेर सुझावपत्र तयार गरि निचोडका रूपमा  गाउँपालिकालाई  पेस गर्नु भएको थियो ।
उठेका सवाल र जिज्ञासाको सुनुवाइ पछी गाउँपालिका अध्यक्ष देबराज शाहीले जवाफ दिदै कार्यक्रम समापन गर्नु भएको थियो । सार्वजनिक सुनुवाईको रेडियो प्रदेश आवाजले प्रत्यक्ष प्रशारण  गरेको थियो ।

 

तपाईको प्रतिक्रिया